बंगलादेशको राजधानी ढाकामा आन्दोलनकारीहरुले प्रदर्शन चर्काएसँगै प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी छन ।
सुरक्षित स्थानको खोजीमा प्रधानमन्त्री हसिनाले आफ्नो बहिनीसँगै बंगलादेश छाडेको बीबीसी बंगलाले पुष्टि गरेको छ । हजारौँको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन ।
आइतबार भएको पुलिस र सरकारविरोधी प्रदर्शनकारीबीच झडपका कारण करिब ९० मानिसले आफ्नो ज्यान गुमाउँदा सयभन्दा बढि मानिस घाइते भएका थिए । आज पनि धेरै जनाले ज्यान गुमाएका छन ।
प्रधानमन्त्री हसिनालाई पदमुक्त गर्ने मागसहित विद्यार्थी नेताहरुले नागरिक अवज्ञा अभियान चलाइरहेका छन । आन्दोलनकारी अहिले प्रधानमन्त्रीको कार्यालयमा छिरेका छन । हसिना सुरुमा प्रधानमन्त्रीको कार्यालयबाट सुरक्षित स्थानमा सरेकी थिइन ।
तर, पछि देश नै छाडेको बीबीसीले जनाएको छ । उनी हेलिकोप्टरमा चढेर भारततर्फ आउँदै गरेको संचारमाध्यमले जनाएका छन ।
बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन ।