भालुवाङ २२ साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी निवासी सर्मिला पुनले अभिनय गरेको तीज गीत “आफै कमाउछु, आफै रमाउँछु” सार्वजनिक भएको छ ।
सुनिल गौतम युटुव च्यानलबाट मंगलवार बेलुका ५ बजे सो तीज गीत सार्वजनिक भएको डान्सर तथा मोडेल सर्मिला पुनले बताइन ।
शान्ति श्री परियार र संदिप सेन्चुरीको आवाजमा रहेको सो गीतमा सर्मिला पुन, अभिषेक मल्ल र सुलभ पौडेलले अभिनय गरेका छन् । लेखन तथा शब्द संदिप सेन्चुरी र निर्मता सुनिल गौतम रहेका छन् । गीतले कसैको भरमा नपरि आफै मेहनत गरी कमाउने र आफुले कमाएको धनमा मात्र रमाउने भन्ने संदेश दिन खोजेको छ ।
पछिल्लो समय तीज मनाउने नाममा विकृति फैलिदै जान थालेकाले मौलिकतालाई गीत मार्फत जोड दिन खोजिएको छ ।
मोडेल तथा डान्सर पुन विभिन्न मेला, महोत्सवमा भाग लिने, विद्यालय तथा संघसंस्थाले आयोजना गरेको कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्दै राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको लिटिल एन्जल्स स्कुलमा डान्स शिक्षकको रुपमा समेत कार्यरत रहेकी छिन ।