भालुबाङ २३ श्रवण । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ मा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ ।
मंगलबार भएको बालबालिकाहरुकाे भेलाबाट मुक्तिराम उपाध्यायको अध्यक्षतामा १५ सदस्य बाल सञ्जाल गठन भएको हो ।
सञ्जालको उपाध्यक्षमा दिपा घर्ती मगर,सचिवमा नरेन्द्र खत्री,सहसचिवमा माेनिका चाैधरी र कोषाध्यक्षमा चुरामणी पेङ्गी मगर रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा आर्यन चाैधरी, जीवन विक, अनुष्का चाैधरी, कृतिका चाैधरी, सिरिष चाैधरी, कृतिना चाैधरी, अनमाेल चाैधरी, बिक्रम पाैडेल, अप्सरा चाैधरी र अमर चाैधरी रहनु भएको छ ।
कार्यक्रमका गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, वडा सदस्य सुन्दर शाही, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसी लगायतले नव गठित बाल सञ्जाललाई समाज परिवर्तनको अभियानमा सहयोगी बन्न सुझाव दिनुभएको थियो ।
बालअधिकार र बालश्रमकाे नाममा कतिपय बालबालिकाहरुले घरकाे सामान्य काममा समेत अभिभावकहरुलाई सहयोग नगर्ने पाइएको बताउदै त्यसाे गर्न नहुने उहाँहरुकाे भनाइ थियो ।
त्यस्तै उहाँहरुले बाल सञ्जाललाई गाउँपालिका, वडा तथा आ आफ्नो व्यक्तिगत तर्फबाट समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिकाले बालमैत्री वडा घाेषण गर्ने तयारीका साथ वडा नम्बर ८ का १० वटै टाेलहरुमा बाल सञ्जाल गठन गरि सकेकाे छ ।
यसैबीच राप्ती गाउँपालिका श्रम तथा राेजगार सेवा केन्द्रले बालबालिकाहरुलाई बालअधिकार र बालश्रम सम्बन्धी जानकारी गराएको छ ।
केन्द्रका प्रमुख मुमाराम भुसालले सहभागी बालबालिकाहरुलाई बालअधिकार र बालश्रम सम्बन्धी संविधानमा उल्लेख भएको व्यवस्था बारे जानकारी गराउनु भएको थियो ।