काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ ।
सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । गृहमन्त्रालयका अनुसार आज बुधबार हेलिकप्टरमा पाइलट अरुण मल्ल र चार जना चिनियाँ पर्यटक सवार थिए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव भेटिएको छ । हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो ।
एयर डाइनेस्टीको नाइन एनएजेडी हेलिकप्टर हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। हेलिकप्टरमा चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जीलि (पुरुष), यियाद वु-महिला) र जेमिङ सी (पुरुष) रहेका थिए ।