राजमोद्वारा स्व. लोक प्रसाद भट्टराईको श्रद्धाञ्जली सभा

देउखुरी २३ साउन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ का स्व. लोक प्रसाद भट्टराईको ९ औं दिनको पुण्य तिथिको अवसर पारि श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर १ पुल्चोक भालुबाङ निवासी स्व. भट्टराईको निवासमा श्रद्धाञ्जली सभा कार्यक्रम भएको हो ।

श्रद्धाञ्जली सभा कार्यक्रम पार्टीका राष्ट्रिय जनमोर्चा जिल्ला समिती सचिवालय तथा बुद्धिजीवी संघका के. स. केशवराज खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

साे अवसरमा अखिल नेपाल किसान महासंघका केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष रमेश मान गुरुङ, अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष कमला बेल्बासे, अखिल नेपाल युवक संघ जिल्ला सदस्य चन्द्र आचार्य, भालुबाङ नगर बिकास समितीका सदस्य बिजुला के सि, राजमो राप्ती गाउँपालिका का. वा. अध्यक्ष बावुराम थापा, ऐरावती बहुमुखी क्याम्पसको पुर्व सभापती असोक वेल्वासे, अखिल नेपाल किसान महासंघ जिल्ला सदस्य तथा राप्तिका अध्यक्ष विष्णु प्रसाद आचार्य, रक्तिम सांस्कृतीक अभियानका जिल्ला कोषाध्यास विक्रम पाण्डे, उद्योग व्यापार संघ जिल्ला सदस्य रिसिराम खनालले उहाँको निधनप्रति दु:ख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गर्नु भएको थियो ।

स्व. भट्टराईका दाई बासुदेव भट्टराईले जिवनिको पृष्ठभुमि जानकारी गराएकाे कार्यक्रमको सञ्चालन रास्ट्रीय जनमोर्चा राप्ती गाउँपालिकाका कोषाध्यक्ष गिर बहादुर पौडेलले गर्नु भएको थियोे ।

स्व. भट्टराईकाे गत साउन १५ गते पश्चिमबाट पुर्व जाँदै गरेको ट्रकले राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङकाे कृष्ण शेन ईच्छुककाे शालिक अगाडि ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation