राप्ती गाउँपालिकाद्वारा बुधबारदेखि बजार अनुगमन कार्य शुरु

भालुबाङ २३ साउन । दाङ देउखुरीकाे राप्ती गाउँपालिकाले बुधबारदेखि बजार अनुगमन कार्य सुरु गरेको छ ।

राप्ती गाउँपालिकाकाे आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङको सहकार्यमा अनुगमन कार्य सुरु गरिएकाे हाे ।

अनुगमन कार्यकाे पहिलो दिन पालिकाकाे वडा नं. १ भालुबाङ स्थित करिब दुई दर्जन बढी विभिन्न हाेटल, मासु पसल, बथ स्थल, डेरी तथा किराना पसलहरुकाे अनुगमन गरिएको छ ।

अनुगमनकाे क्रममा भेटिएका अखाद्य बस्तुहरुकाे तत्कालै नस्ट गरिएको छ भने त्यस्ता बस्तु भेटिएका पसलका सञ्चाकहरुलाई पहिलो पटकका लागि सचेत गराइएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयाेजक कमलापती चाैधरीकाे नेतृत्वमा खटिएको अनुगमन टाेलीमा गाउँपालिकाका कर्मचारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक, इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation