राप्ती गाउँपालिकाद्धारा बजार अनुगमन

भालुवाङ २५ साउन । दाङको राप्ती गाउँपालिकाले गाउँपालिकाका भालुवाङ र पाखापानी बजारको अनुगमन गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङको सहकार्यमा ती बजारको अनुगमन गरेको हो ।

२ दिनको अनुगमनको क्रममा भालुवाङ पुल्चोक बजार र पाखापानी बजार क्षेत्रका कुल ४६ वटा पसलको अनुगमन गरेको छ ।

जसमा ३६ वटा होटल, ३ वटा मासु पसल, १ वटा बथ स्थल, ४ वटा किराना पसल र १ वटा डेरी, १ वटा कोल्डड्रिङ गरि ४६ वटा पसलहरुको अनुगमन गरेको छ ।

पछिल्लो समय देशका विभिन्न जिल्लामा हैजा, झाडापखाला, डेंगी लगायतका रोगको संक्रमण फैलिरहेको र होटल, मासु पसल, बथ स्थल, डेरी, गल्ला तथा किरानाहरुमा हुने अखाद्य वस्तुहरुको प्रयोगले मानव स्वास्थ्यमा असर गर्नुका साथै सेवाग्राहीहरु ठगिने समस्यालाई मध्यनजर गरी बजार अनुगमन थालिएको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिनु भएको छ ।

अनुगमनको क्रममा अधिकाशं होटलहरुमा खाने तेलको गुणस्तरमा ह्रास देखिएको छ भने अखाद्य वस्तु फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक सुर्दशन गोसाईले जानकारी दिएनु भएको छ ।

त्यसै गरि फुट कलर हालेको, म्याद नाघेका सामानहरू फेला परेको र सरसफाईमा कमी देखिएको खाद्य निरिक्षक गोसाईले बताउनु भयो ।

फेला परेका अखाद्य वस्तुहरुको तत्कालै नस्ट गरिएको छ भने त्यस्ता बस्तु भेटिएका पसलका सञ्चाकहरुलाई पहिलो पटकका लागि सचेत गराइएको खाद्य निरिक्षक गोसाईले जानकारी दिनुभयाे ।

गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक कमलापती चौधरीको नेतृत्वमा खटिएको अनुगमन टोलीमा गाउँपालिकाका कर्मचारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षकहरु, इलाका प्रहरीकार्यालय भालुवाङका प्रहरी, स्वास्थ्यकर्मी र पत्रकार लगायतको सहभागीता रहेको थियो ।

अनुगमन अझै केही दिन सञ्चालन हुने गाउँपालिकाले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation