Dangali Onlinekhabar

Advertisment

SKIP THIS

स्व. लोक प्रसाद भट्टराईको नाममा अक्षयकोषको लागि रकम हस्तान्तरण

देउखुरी २८ साउन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ का स्व. लोक प्रसाद भट्टराईको १३औं दिनको पुण्य तिथि २७ गते आइतबार सम्पन्न भएको छ ।

स्व. लोक प्रसाद भट्टराईको १३औं दिनको पुण्य तिथिको अवसरमा स्व. भट्टराईको नाममा दाङ देउखुरीको राप्ती गाउँपालिका १ पाखापानीमा रहेको नव प्रतिभा आधारभूत बिद्यालयको लोक देवा अक्षयकोषमा एक्काईस हजार १ सय ११ रुपैयाँको चेक बिद्यालयका प्रधानाध्यापक फर्सुराम आचार्यलाई हस्तान्तरण गरिएको हो ।

आचार्यले उहाँको निधनप्रति दु:ख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गर्दै अक्षयकोषको लागि हस्तान्तरण गरेको उक्त रकम सहि सदुपयोगको लागि उपयोग गरिने बताउनु भयो ।

स्व. भट्टराईकि श्रीमति देबा भट्टराई, छोरा बुहारी बाबुराम/लक्ष्मी भट्टराई, छोरा तुल्सिराम भट्टराई, दाजु भाउजु वासुदेव/यमकला भट्टराई, भाइ बुहारी माधव/सारदा, बिष्णु/निमा, कुल प्रसाद/सरस्वता भट्टराईको रोहवरमा सो रकम हस्तान्तरण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation