शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

करेन्ट लागेर गैंडाको मृत्यु

चितवनमा करेन्ट लागेर एक गैंडाको मृत्यु भएको छ ।

आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बंगुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैंडाको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच/छ वर्षको भाले गैंडा मरेको हो। सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए ।

कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैंडा मरेको जानकारी दिए ।

बंगुर फार्ममा नांगो बिजुलीको तार लगाइएको र त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए । यो आर्थिक वर्षमा यससँगै दुई गैंडाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्याङ्कानुसार छ सय ९४ गैंडा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation