Dangali Onlinekhabar

Advertisment

SKIP THIS

क्षमता मुल्यांकनमा राप्ती गाउँपालिका देशकै तेस्रो नम्बरमा

दाङ ८ भदौ ।  स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकन(लिसा) मा दाङको राप्ती गाउँपालिका देशकै तेस्रो भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने स्थानीय सरकार संस्थागत क्षमता मुल्यांकन नतिजामा राप्ती गाउँपालिकाले ८६.७५ अंक सहित तेस्रो बनेको हो ।

पहिलो हुने पालिकाले ८७.२५, दोस्रो हुने पालिकाले ८७ र तेस्रो हुने पालिकाले ८६.७५ अंक प्राप्त गरेका छन् ।

जनप्रतिनिधि र कर्मचारीको समन्वयमा काम गर्दा पालिका हरेक क्षेत्रमा उत्कृष्ट नतिजा हाँसिल गरेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

साथै राप्ती गाउँपालिका दाङको भने पहिलो हुन सफल भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation