कालिका सामुदायिक वनको १६औं सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

देउखुरी ८ भदौ । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २ मा रहेको कालिका सामुदायिक बन उपभोक्ता समितिको १६औं सार्बजनिक सुनुवाइ कार्यक्रम शनिबार वन समितिको आफ्नै भवनमा सम्पन्न भएको छ ।

कालिका सामुदायिक वन उपभोक्ता समूहको आ.व. २०८०/०८१ को आय व्यय बिवरण सम्बन्धि १६औं सार्वजनिक सुनुवाई कार्यक्रम वन उपभोक्ता समितिका अध्यक्ष जोहरमान मियाको अध्यक्षता तथा जिल्ला महासंघका अध्यक्ष हरि भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

आ.व. २०८०/०८१ को आय व्यय बिवरण कालिका सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष यम बहादुर रोका मगर र पशु बृद्धआश्रमको आय व्यय विवरण संयोजक शिव बहादुर राना मगरले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि हरि भुसाल, कालिका सामिदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष भिमलाल न्यौपाने, नर्ती समन्वय समितिका सहजकर्ता जिवराज खनाल, स्थानीय समाजसेवी तथा बुद्धिजीवी जिवराज शर्मा, रमेशमान गुरुङ लगायतकाले आ-आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा कालिका सामिदायिक वन उपभोक्ता समितिका सल्लाहकार भिमकान्त भुसाल, समितिका सदस्य तथा मन्दिर व्यवस्थापन संयोजक राजकुमार आचार्य, सब डिभिजन वन कार्यालय मसुरियाका बिष्णु पोख्रेल, राप्ती गाउँपालिका २ का वडा सदस्य टेक बहादुर रावत, रामजहदी सामुदायिक उपभोक्ता समितिका अध्यक्ष डिल्ली राज सुवेदी, करम्दी सामुदायिक वनका प्रतिनिधि नारायण पौडेल, राप्ती वन महासङघका उपाध्यक्ष गिरिराज पौडेल, स्थानीय गुरु प्रसाद ज्ञवाली, दामोदर पोख्रेल, जुम्मन मिया, शिवराज आचार्य लगायत अन्य स्थानीयबासिको उपस्तिथि रहेको थियो ।

समितिका उपाध्यक्ष भिमलाल न्यौपानेको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रम संचालन कृष्णा पोख्रेलले गर्नु भएको थियो कार्यक्रमको समापन अध्यक्ष जोहरमान मियाले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation