बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लालमटियामा गिद्व संरक्षण विषयक तीज गीत प्रतियोगिता : नेपाल मगर महिला संघ प्रथम

भालुवाङ १७ भदाै । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सम्पन्न गिद्व संरक्षण विषयक तीज गीत प्रतियोगितामा नेपाल मगर महिला संघ लालमटिया प्रथम भएको छ ।

१६ औं अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा कालिका सामुदायिक वन उपभोक्ता समुह लालमटियाद्धारा सञ्चालित पशु वृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्र लालमटियाकाे आयोजना तथा नेपाल पंक्षी संरक्षण केन्द्र लाजिम्पाट काठमाडौंको सहयोगमा सोमबार महिला भवन लालमटियामा आयोजना गरेको गिद्ध संरक्षण सम्बन्धि अन्तर महिला समूह बीच तिज विशेष प्रतियोगिता तथा सचेतना कार्यक्रममा नेपाल मगर महिला संघ लालमटिया प्रथम हुन सफल भएकाे हो ।

त्यस्तै प्रतियोगितामा गोरखा आइडल स्कूल लालमटियाकाे समूह द्वितीय र आदर्श नमुना माध्यमिक विद्यालय लालमटियाकाे समूह तृतीय भएका थिए ।

विजेताहरूलाई क्रमश २ हजार ५ सय, २ हजार र १ हजार ५ सय रूप‌याँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

समुहका अध्यक्ष जाेहरमान मियाँको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष पहलवान चाैधरी, नेपाल पंक्षी संरक्षण परियोजना अधिकृत भुपाल नेपाली, वन महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसाल, ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाका क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली, वन उपभोक्ता समितिका सल्लाहकार रमेशमान गुरुङ, राप्ती सामुदायिक वन उपभोक्ता समिति भालुवाङकी उपाध्यक्ष बीजुला केसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

पशुवृद्वा आश्रम तथा गिद्व संरक्षण केन्द्रका संयोजक शिव राना मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समुहकी सचिव कृष्णा पाेख्रलले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation