सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

रञ्जु दर्शनाको चुनाव चिन्ह सेलरोटी

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले सेलरोटी चुनाव चिन्ह पाएकी छन् ।

बुधबार निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारहरूलाई चिन्ह वितरण गरेको थियो। सेलरोटीको चाङ चुनाव चिन्ह पाएपछि दर्शनाले खानाका रूपमा सेलरोटी आफ्नो मनसँग निकै नजिक रहेको बताएकी छन् ।

केही वर्ष पहिले तिहारका बेला दर्शनाले सेलरोटी पकाएर बेच्ने काम गरेकी थिइन् ।

०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौंको मेयर उठेकी थिइन्, नेकपा एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भइन् ।

उनले त्यसबेला २३ हजार ४३९ मत ल्याएकी थिइन्। उनी यसपालिको स्थानीय तह चुनावमा भने उठेकी थिइनन् ।

०७४ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं-५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित भएका थिए ।

त्यसबेला यो क्षेत्रमा विवेकशील साझाबाट तत्कालीन अध्यक्ष उज्ज्वल थापा उठेका थिए । थापाले छ हजार आठ सय ५३ मत ल्याएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation