
गढवा १८ भदौ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पोषण र खाद्य सुरक्षा कार्यक्रम मार्फत कुपोषण हटाउन सक्ने बताउनु भएको छ ।
गढवा गाउँपालिकाको आयोजना तथा हेलन केलर इन्टरनेसनल र व्याकवार्ड सोसाइटी एजुकेसन दाङ तुल्सीपुरको सहकार्य सहयोगमा सम्पन्न भएको गढवा गाउपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवाला संग बैठक तथा छलफल कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो ।
पोषणको क्षेत्रमा लुम्बिनी प्रदेश सबै भन्दा पछी भएको सुन्दा अफु चकित भएको बताउदै अध्यक्ष पोख्रेलले पोषण र खाद्य सुरक्षा कार्यक्रममा सहकार्य गर्ने संस्था हेलन केलर इन्टरनेसनल र व्याकवार्ड सोसाइटी एजुकेसन दाङ लाई धन्यवाद समेत दिनु भयो । सुचक सुधारका लागि स्थानीय सरकारले जिम्मा लिने गरी कार्यक्रमहरु अघि बढाउने बताउनुभयो । पोषण र खाद्य सुरक्षा कार्यक्रममा पालिकाले अपनत्व नलिने सम्म सोचेको सुधार नहुने भन्दै कुपोषण र महिलाहरुमा देखिने रक्त अल्पता नियन्त्रण गर्न कठिन हुने बताउनु भयो।
बालबालिकामा देखिने कुपोषण र महिलाहरुमा रक्तअल्पता शुन्यमा झार्न स्थानीय पाठ्यक्रममा समावेश गर्नु पर्ने भन्दै त्यसतर्फ समेत आफु लाग्ने र विद्यालयबाट सुरु गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लुम्बिनीको कुपोषणको डाटा डर लाग्दो भएको बताउनुभयो । बच्चा बच्ची लाई नियमित सुधार गर्न कडा मिहिनेत आवश्यक रहेको बताउनुभयो। । गढवा गाउँपालिकामा स्तनपानक ३६ प्रतिशत हुनु चिन्ताको बिषय भएको बताउनुभयो । गढवा गाउँपालिका स्वास्थ्य क्षेत्रको नतीजा राम्रो भएता पनि स्तनपानको प्रतिशतले आफु अश्चार्यचकित भएको बताउनुभयो । कुपोषणको अन्त्यका लागि सबैको साझा धारणा बनाई अघि बढ्ने प्रतिक्रिया दिनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले कुपोषणमा लुम्बिनी प्रदेश अग्रस्थानमा रहनु चिन्ता र चुनौतीको बिषय भएको बताउनुभयो । कुपोषण अन्त्यका लागि सबैको साझा साथ सहयोग अपरिहार्य रहेको बताउदै वडाध्यक्ष थापाले नेपाल सरकारको अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कुपोषणको बिकराल अवस्था चिन्ताजनक रहेको बताउदै भौतिक बिकास मात्र नभई मानवीय विकासको लागि स्वास्थ्य जिवन र स्वाथ समाजको निर्माण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले कुपोषणको अन्त्यका लागि ताजा र स्वच्छ खानेकुराको प्रयोग गर्नु पर्नू बताउनुभयो । भारत लगाएतको ठाउबाट आउने तरकारी तथा फलफूल बिषादीयुक्त रहेकोले खाना नहुने बताउदै गरिवीका कारण बालबालिकाहरुले समयमा आवश्यक पोषण खाना नपाएकाले कुपोषण संख्या बढ्दै गएको बताउनुभयो ।
बैठकमा पालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरु, सम्बन्धित शाखाका प्रमुखहरु, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा कार्यक्रमको बारेमा व्याकवार्ड सोसाइटी एजुकेसन दाङ तुल्सीपुरका कार्यककारी निर्देशन चुर्ण बहादुर चौधरीले जानकारी दिनु भएको थियोे ।
बैठक तथ्य छलफल कार्यक्रममा हेलन केलर इन्टरनेसनल लुम्बिनी प्रदेश कार्यक्रम संयोजक भरत शर्मा र व्याकवार्ड सोसाइटी एजुकेसन दाङ तुल्सीपुरका कार्यक्रम संयोजक शुरेश चौधरीले कार्यक्रमको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले गर्नु भएको थियो ।