देउखुरी २४ भदौ । राप्तीका मुकुन्द राज रोकाको नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टी घोषणा भएको छ ।
राप्ती गाउँपालिका वडा नं. १ का मुकुन्द राज रोकाको नेतृत्वमा नयाँ राजनितीक पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी बामपन्थी केन्द्र’ को घोषण गरिएको हो ।
राप्ती उद्योग वाणिज्य संघको सभाहलमा घोषण गरिएको पार्टीको नेता संयोजकमा राज कुमार कक्षपती, अध्यक्षमा मुकुन्द राज रोका र महासचिवमा अर्जुन अधिकारी रहेका छन् । तिनै जना नेता एकिकृत समाजवादी पार्टी परित्याग गरी आएको हुन् ।
५१ जना पूर्ण केन्द्रिय सदस्य रहेको पार्टी घोषण कार्यक्रममा अन्य कार्यसमिति सदस्यहरुको नाम भने सार्वजनिक गरिएको छैन । हाल लुम्बिनी प्रदेशका १२ वटै जिल्लालाई समेटेर कार्यसमिति बनाएको र पछि यसलाई सबै प्रदेशमा विस्तार गर्ने अध्यक्ष रोकाले बताए ।













