लुम्बिनी प्रदेशका स्वास्थ्यकर्मीहरु विभिन्न माग सहित आन्दोलित

भालुवाङ २४ भदौ  लुम्बिनी प्रदेशका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

आफुहरुले पाउँदै आएको सेवा, सुविधा कटौती गर्न पाईदैन भन्दै लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका स्वास्थ्यकर्मीहरुले आज प्रदेशसभा गेट अगाडी विरोध प्रदर्शन गरेका छन् । स्वास्थ्यकर्मीहरुद्धारा गठित प्रदेश स्तरीय संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

उनीहरुले प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त समबन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रति असहमति जनाएका छन् । साथै स्वास्थ्य सेवा २०५३ लागु गर्न र ७ नम्बर बुँदा खारेजीको माग गरिएको संघर्ष समितिका संयोजक गिरी त्रामुले बताएका छन् ।

उनका अनुसार स्वास्थ्य सेवा चौथो तहमा नियुक्त कर्मचारीको छैठौं तह सम्म तह वृदिको सुनिश्चत गर्नुपर्ने, स्वास्थ्य सेवा पाँचौ तहमा नियुक्त कर्मचारीको सातौ तह सम्म तह वृदिको सुनिश्चता गर्नुपर्ने, स्वास्थ्य सेवा संवेदनशिल व्यवस्था भएको हुँदा स्वास्थ्य सेवामा दिर्घकालिन असर पुग्ने हुँदा स्वास्थ्य सेवाका कर्मचारी सरुवा हुँदा घरपायक स्वास्थ्य कर्मचारी नहुने विदामा बस्दा बिरामीलाई असर पुग्ने चौविस घण्टा सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थामा कर्मचारी अभाव हुने जस्ता कारणले गर्दा स्वास्थ्य सेवाका सम्वन्धित कर्मचारीको सरुवा निबेदनको आधारमा रिक्त पद रहेमा तथा सम्बन्धित दुबै पालिकाको सहमतिमा सरुवा गर्ने व्यबस्था गर्न माग गरेको छ ।

त्यसै गरी ५० वर्ष उमेर पुरा गरेका अधिकांस कर्मचारीहरु हाल नसर्ने रोगहरु मुटु रोग, मधुमेह रोग लगायत अन्य दिर्घरोगी हुने भएकोले नियमित विषेशज्ञ जाँच गर्नुपर्ने र खानपिनमा समेत परवेज रहने हुँदा निज कर्मचारीको घरमा समेत दिर्घरोगी हुने हुँदा परिवारलाई समेत हेरचाह गर्नुपर्ने भएकोले निज कर्मचारीको घर भएको जिल्ला अन्तरगतको सम्वन्धित पालिका वा सो पालिका संगै जोडीएको स्थानिय तहमा मात्र सरुवा गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने माग समेत गरेका छन् ।

त्यस्तै कर्मचारीको श्रीमान श्रीमति दुवै जना सरकारी सेवामा रहेका कर्मचारीले सरुवाको लागि माग गरेमा एकै स्थानिय तहमा सरुवा गर्ने, ५० बर्ष उमेर पुगेका कर्मचारीलाई रात्रिकालिन सेवामा खटाउन नपाईने वा गर्नु नपर्ने, स्वास्थ्य सेवामा रहेका कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रत्येक वर्ष प्रति जिल्ला १ जनाका दरले स्वास्थ्य सेवाको प्राविधिक विषयमा माथिल्लो तहको अध्ययनको लागि तलबी अध्ययन बिदा हुनुपर्ने, स्वास्थ्य सेवाका कर्मचारी सबैलाई प्राविधिक ग्रेड दिनुपर्ने, समयोजन पछी खाईपाई आएको दुई ग्रेड स्तरवृद्धि वा तह वृद्धि पश्चात नपाएको हुँदा समायोजन भएका सबै स्वास्थ्यका कर्मचारीलाई दिनुपर्ने माग गरेका छन् ।

स्वास्थ्य सेवाका सम्पुर्ण कर्मचारिले जोखिम भत्ता पाउनुपर्ने, यदि सबै कर्मचारीलाई तह वृद्धि गर्ने व्यवस्था गर्ने हो भने हाल स्वास्थ्य सेवामा तहमा कार्यरत रहेका कर्मचारीको यो ऐन प्रारम्भ भएको मितिले ३ महिना भित्र चौथोमा नियुक्ती भएकोलाई छैठौ र पाँचौमा नियुक्ति भएकोलाई सातौ तहमा स्वतः तह वृद्धि गर्ने र जेष्ठता सम्वन्धि व्यवस्था संघिय स्वास्थ्य सेवा ऐन २०५३ बमोजिम हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation