बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीमा विभिन्न संस्थाहरुद्धारा आत्महत्या रोकथाम दिवस सम्पन्न

देउखुरी २५ भदौ । रोटरी क्लब अफ राप्तीको आयोजनमा राप्ती गाउँपालिका वडा नं. १ भालुवाङमा विश्व आत्महत्या रोकथाम दिवस सम्पन्न भएको छ ।

रोटरी क्लब अफ राप्तीेले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । समाजमा आत्महत्या रोकथामका विषयमा जनचेतना फैलाउने उदेश्यले कार्यक्रम आयोजना गरेको रोटरी क्लब अफ राप्तीका अध्यक्ष तपराज आचार्यले जानकारी दिए ।

‘आत्महत्या रोकथाम बारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने मुल नाराका साथ भालुवाङमा र्‍याली निकालिएको अध्यक्ष आचार्यले बताए । उक्त जनचेतना र्यालीमा लिटिल एन्जल स्कुल राप्ती र गोरखा आइडल स्कुल लालमटियाका शिक्षक तथा विद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रममा रोटरी क्लव अफ राप्तीका संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले विश्वमा १५ देखि २९ वर्ष उमेर समुहका व्यक्तिले आत्महत्या गर्ने तेस्रो प्रमुख मृत्युको कारण रहेको बताउदै शारिरीक, मानसकि, व्यवहारिकका साथै सामाजिक सोच बदले मात्र आत्महत्या रोक्न सकिने बताए ।

जनचेतना कार्यक्रममा रोटरी क्लब राप्तीका अध्यक्ष तपराज आचार्य, सस्थापक अध्यक्ष बासुदेव न्यौपाने, निर्वाचित अध्यक्ष बसन्त पुन मगर, कोषाध्यक्ष अनिल पौडेल, मेम्वरशिप चेयर पुजा खनाल, सर्जेन्ट एट एम्स श्याम न्योपाने र अन्जना पोख्रेल, सदस्यहरु हिमानन्द पाण्डे, मोहन आचार्य, सितल रिजाल, पिताम्बर रोकाय, नेपाल प्रहरी शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी राप्ती गाउँपालिका वडा नं. ३ मा रहेको चैतन्य पाठशालाले पनि विभिन्न कार्यक्रम गरी आत्महत्या रोकथाम दिवस मनाएको छ ।

पाठशालाले राप्ती गाउँपालिका वडा नं. ५ सिसहनिया, राप्ती गाउँपालिकको कार्यालय मसुरीया र राप्ती १ भालुवाङमा जनचेतना कार्यक्रम गरेको हो । पाठशालाका विद्यार्थीहरुले प्ले कार्ड सहित बजार परिक्रममा गर्नुको साथै तिनै स्थानमा आत्महत्या रोकथाम विषयक सडक नाटक समेत प्रस्तुत गरेका थिए । समाजमा हुने व्यवहारिक तथा सामाजिक असरका कारण आत्महत्या हुने र यसलाई रोक्न समाज नै परिर्वतन हुनु पर्ने कुरा नाटकमा प्रस्तुत गरिएको थियो ।

चैतन्य पाठशालाको आयोजनामा भएको उक्त जनचेतना कार्यक्रममा राप्ती गाउँपालिका, इलाका प्रहरी कार्यालय भालुवाङ र रोटरी क्लव अफ राप्तीको समेत सहकार्य रहेको थियो ।

विश्वमा आत्महत्या गर्ने दर बढी रहेको हुदा विद्यार्थीहरु मार्फत समाजमा जनचेतना फैलाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको चैतन्य पाठशालाका अध्यक्ष डा. जिवराज आचार्यले जानकारी दिए । आचार्यले भने ‘विद्यार्थीहरु मार्फत समाजमा सोस बदल्न सके आत्महत्या रोकथाम गर्न सकिन्छ ।’

कार्यक्रमको समापन चैतन्य हलमा औपचारिक कार्यक्रमको साथ सम्पन्न भयो। डा. जिवराज आचार्यको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता, राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास बिक र स्वास्थ्य शाखा प्रमुख नारायण रावत विशिष्ट अतिथिका सम्पन्न भएको थियो । चैतन्य पाठशालाका प्राचार्य सुषमा रेग्मीले आत्महत्या रोकथाम सम्बन्धी विशेषज्ञ प्रवचन दिनुभएको थियो ।

प्रमुख अतिथि बिष्टले आत्महत्या रोकथाम दिवसको महत्व र यस्ता कार्यक्रमहरूको आवश्यकता बारे प्रकाश पार्दै आगामी दिनमा चैतन्य पाठशालालाई यस किसिमका कार्यक्रमहरूमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पाठशालाका अध्यक्ष डा.आचार्यले समाजमा यस्ता जनचेतनामूलक कार्यक्रमहरूको महत्त्व र आवश्यकताको बारेमा जोड पालिकाले मानसिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिनुभयो। कार्यक्रमको सहजिकरण सह प्राचार्य बसन्तराज भट्टराईद्ले गर्नु भएको थियो ।

सन् २००३ देखि विश्वभर आज अर्थात सेक्टोम्बर १० तारिकका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइदै आएको छ । चैतन्य पाठशालाको यो प्रयासले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । साभार हाम्रो लुम्बिनी न्युज

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation