सिसहनियाँ २९ भदौ । दाङको एक सहकारी संस्थाले सामुदायिक विद्यालयमा खाजाघर बनाइदिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको बिहानी बचत तथा ऋण सहकारी संस्थाले सोही पालिकाको वडा नम्बर ७ छोट्की सिसहनियाँमा रहेको सरस्वती आधारभुत विद्यालयमा खाजाघर बनाइदिएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत सो सहकारी संस्थाले १ लाख ३७ हजार १ सय ८० रूपैयाँको लागतमा खाजाघर बनाइदिएको सहकारी संस्थाकी व्यवस्थापक बालिका शर्माले जानकारी दिनु भएको छ । शिक्षक र विद्यार्थीहरूलाई खाजा खान सहजहोस् भन्नका लागि खाजाघर बनाइदिएको व्यवस्थापक शर्माले बताउनु भयो ।
विद्यालयमा यश अघि खाजाघर नहुँदा साना बालबालिकाहरूलाई विद्यालयको प्राङ्गणमा खाजा बनाउनु खुवाउने पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक तिलक शर्माले बताउनु भयो । उहाँले गर्मी र वर्षायाममा अझ समस्या हुने गरेको बताउँदै सहकारी संस्थाले विद्यालयमा खाजाघर बनाइदिएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिनु भएको छ ।
यसै बीच सो खाजाघरको शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
संस्थाका अध्यक्ष बामदेव चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका ७ नम्बर वडा अध्यक्ष सिताराम चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष चाैधरीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोला प्रसाद चाैधरी तथा प्रधानाध्यापक तिलक शर्मालाई चावी हस्तान्तरण गरेका छन् ।
सो अवसरमा विद्यालयका अध्यक्ष चाैधरी र प्रधानाध्यापक शर्माले सहकारी संस्थाका अध्यक्ष चाैधरीलाई कदरपत्र प्रदान गरेर धन्यवाद दिएका थिए । कार्यक्रममा राप्ती गाउँपालिका गाउँ कार्यपालिका सदस्य तथा वि.व्य. स सदस्य सावित्री चाैधरी, वि. व्य. स अध्यक्ष जोला प्रसाद चाैधरी, विद्यालयका प्रधानाध्यापक तिलक शर्मा, समाजसेवी भिमलाल चाैधरी, विद्यालयका पुर्व प्रधानाध्यापक घडिराम चाैधरी, समाजसेवी तथा बुद्धिजीवी रणप्रसाद सुवेदी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहकारी संस्थाका उपाध्यक्ष कर्ण ज्ञवालीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक बालिका शर्माले गर्नु भएको थियोे ।
शिशु देखि कक्षा ८ सम्म सञ्चालित विद्यालयमा कक्षा शिशु देखि ५ कक्षा सम्म ७१ जना विद्यार्थी छन् भने कुल विद्यार्थी १ सय ३७ जना रहेका छन् । कार्यालय सहयोगी सहित १२ जना शिक्षक स्टाप रहेका छन् ।