Dangali Onlinekhabar

Advertisment

SKIP THIS

अखिल (छैंठौ) कोे १७औं जिल्ला सम्मेलन असाेज ३ गते

दाङ ३० भदौ । विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को १७ औं जिल्ला सम्मेलन यहि असोज ३ गते हुने भएको छ । सम्मेलन राप्ती गाउँपालिकाकोे भालुबाङमा हुने भएको छ ।

” वैज्ञानिक तथा रोजगार मुलक शिक्षा आजको अभियान, संघीयता, भ्रष्टाचार र राष्ट्रघात विरुद्ध सत्रौं जिल्ला सम्मेलन !!” भन्ने मुल नाराका साथ असाेज ३ गते सम्मेलन कार्यक्रम गर्ने निर्णय भएको संगठनले जनाएको छ ।

अखिल छैठौं दाङले घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिका, लमही नगरपालिका, राजपुर र गढवा गाउँपालिकाकोे भेला सम्पन्न गरेको छ । अखिल छैठो दाङको सत्रौँ जिल्ला सम्मेलनको प्रमुख अतिथि अखिल छैंठौ केन्द्रीय समितिका अध्यक्ष देबेन्द्र कुँवरको रहनेछ भनेर जिल्ला समिति दाङले बताएको छ ।

जिल्ला सम्मेलन सँगसँगै अखिल छैठौको राष्ट्रिय सम्मेलन यही असोज १० देखि १२ गते दाङकै सदरमुकाम घोराहीमा हुने भएकोले उक्त सम्मेलनको लागि पनि तीव्र रुपमा तयारी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation