नेपाल मगर शिक्षक संघ दाङकाे जिल्ला तदर्थ समिति गठन

देउखुरी ३० भदौ । नेपाल मगर शिक्षक संघ दाङ जिल्लाको प्रथम भेला शनिबार राप्ती गाउँपालिकाकाे सभा हल मसुरीयामा सम्पन्न भएको छ ।

संघका केन्द्रीय सदस्य लेखत बहादुर राना मगरको अध्यक्षता एवं नेपाल मगर संघका केन्द्रीय सदस्य भिम प्रकाश पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कृष्णबहादुर बुढा मगरकाे अध्यक्षतामा दुई महिला सदस्य पछि थप गर्ने गरि १५ सदस्य नेपाल मगर शिक्षक संघ दाङ तदर्थ समिति गठन गरेको छ ।

समितिकाे उपाध्यक्षमा कमल बहादुर खैकला मगर, सुनमाली घर्ती मगर, सचिवमा सन्त बहादुर पुन मगर, सह-सचिवमा हिमाल थापा मगर, खुमादेवी राना मगर, काेषाध्यक्षमा ओमभक्त खैकला मगर र सह- काेषाध्यक्षमा देवीराम आले मगर चयन हुनु भएको छ । त्यस्तै अन्य सदस्यहरूमा काैशिला पुन मगर, सुनिल पुन मगर, सञ्जय आले मगर, भिम बहादुर बैजाली मगर र मान बहादुर राना मगर रहनु भएको छ ।

भेलाले जिल्लाका दसवटै पालिकामा पालिका स्तरीय समिति गठन गरी आगामी मंसिर महिनासम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ।

भेलामा बाेल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य तथा भेलाका प्रमुख अतिथि भिम प्रकाश पुन मगरले संघको भूमिका र मगर शिक्षकहरूको एकताका लागि यो भेला महत्वपूर्ण हुने बताउँदै जिल्लाभर मगर शिक्षकहरूको शैक्षिक, सामाजिक र सांस्कृतिक उत्थानमा योगदान पुर्‍याउने धारणा राख्नु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation