बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकाद्वारा खेलाडीहरुलाई सम्मान

भालुवाङ २ असाेज । दाङको राप्ती गाउँपालिकाले बुधबार खेलाडीहरुलाई सम्मान गरेको छ ।

गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर पालिकाका तीन जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिई विभिन्न पदक बिजेता खेलाडीहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरि सम्मान गरेको हाे ।

केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ५५ केजी कुमुतेमा प्रथम हुन सफल राप्ती गाउँपालिका वडा नं. ८ की विष्णा रेश्मी मगर, अन्डर ट्वान्टी साफ फुटवल खेलमा सहभागी भई द्वितीय हुन सफल वडा नं. २ का विशाल केसी र मिस्टर युनिभर्सल, मिस्टर एसिया, मिस्टर इन्डिया लगायत‌का प्रतियोगितामा सहभागी वडा नं.१ का बडि बिल्डर माधव सुवेदीलाई जनही नगद दुईदुई हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरि सम्मान गरेको हाे ।

सम्मान पछि बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खेलकुदकाे माध्यमबाट गाउँपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै खेलाडीहरूलाई धन्यवाद दिनुभयो ।

त्यस्तै उहाँले खेलाडीहरुलाई भविष्यमा अझ ठूला उपलब्धिहरू हासिल गर्न शुभकामना दिदै खेलकुदको विकासमा पालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation