Dangali Onlinekhabar

Advertisment

SKIP THIS

संविधान दिवसमा लुम्बिनीका मुख्यमन्त्रीको सन्देश ‘संविधानको मर्म अनुसार प्रभावकारी भूमिका निभाइरहेका छौं’

दाङ ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्म अनुसार लुम्बिनी प्रदेश सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाइरहेको बताउनु भएको छ ।

संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको मर्म अनुरुप प्रदेश सरकारले आफ्नो कामलाई थप सुदृढ र जनमुखी बनाउँदै गएको, सुशासन, सामाजिक न्याय र जनमुखी विकासको माध्यमबाट समृद्ध लुम्बिनी प्रदेश प्रतिबद्ध रहेको बताउनु भएको हो ।

सबै प्रकारका विभेद र उत्पीडनको संस्थागत रुपमा संविधानले अन्त्य गरेको, बहुलबाद, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त विशेषतालाई आत्मसात् गरेको बताउदै संविधानको एकल सूचीका अधिकारलाई कार्यान्वयन गर्दै साझा सूचीका अधिकारलाई समन्वय, सहकार्यको माध्यमबाट अघि बढाउन प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्नु भएको छ ।

‘सेवाप्रवाहको नविनतम भूमिकामा प्रदेश संरचना रहेको छ । कानुन निर्माणदेखि कार्यान्वयनको भूमिकामा प्रदेशले सफलता हासिल गर्दै अगाडि बढिरहेको कुरा सगौरव उल्लेख गर्न चाहान्छु’शुभकामना सन्देशमा भनिएको छ,‘समृद्धि र विकास प्रति जनताकोे तिब्र आकांक्षालाई पूरा गर्न हामी प्रदेश सरकारको तर्फबाट दृढ संकल्पित छौं ।

संविधानको पूर्ण पालना गर्नु हामी सबै नागरिकको कर्तव्य हो । संविधानले मार्गदर्शन गरे अनुरुप सरकारका काम कारबाही अगाडि बढाउनु नै विधिको शासनको मूलमर्म हो भन्ने हामीलाइ लागेको छ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation