सोमवार, फाल्गुन ४, २०८२

लुम्बिनीमा संविधान दिवस: नि:शुल्क स्वास्थ्य परिक्षण र रक्तदान

दाङ ३ असोज । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसकाे अवसरमा रक्तदान र नि:शुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न गरेकाे छ ।

स्वास्थ्य मन्त्रालयले राजधानी परिसर क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेकाे हाे ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भाैतीक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर लगायत मुल समाराेहमा सहभागी अतिथि लगायत स्थानीयले स्वास्थ्य परिक्षण गरेकाे स्वास्थ्यमन्त्रीका स्वकीय सचिव सुदर्शन पाण्डेले जानकारी दिनुभयाे ।

संविधान दिवसकाे अवसरमा प्रदेश मातहतमा रहेका १२ जिल्लाका अस्पतालहरुमा आज एक दिनकाे लागि नि:शुल्क ल्याव परिक्षण, अाेपिडि शुल्क समेत नि:शुल्क गरिएको छ ।

मुल समाराेहकाे अवसरमा व्लड प्रेसर, सुगर लगायत एक सय ५० जनाकाे स्वास्थ्य जाँच गरिएको थियाे ।

यस्तै लमही रक्तसञ्चार केन्द्र संगकाे सहकार्यमा गरिएको रक्तदान शिविरमा २१ पाेइन्ट रगत संकलन भएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation