बिहिबार, माघ २३, २०८२

राप्ती ४ मा प्रदेश स्तरीय बनस्पति उद्धान निमार्ण कार्यकाे थालनी

देउखुरी । राप्ती गाउँपालिका वडा नम्बर चार पिपर खुट्टी नयाँ गाउँमा रहेको सुन्दर अनि रमणीय स्थल भिम बगैंचा लाई प्रदेश स्तरीय बनस्पति उद्धान(बाेटानिकल पार्क) काे रुपमा विकास गर्ने कामकाे सुरुवात गरिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशेष पहल तथा प्रदेश वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यलय दाङकाे सहयोगमा पहिलो चरणको काम थालिएको हाे ।

वि.सं.२०३२ सालमा शान्ति सामुदायिक वनको करिव पन्ध्र बिगाहा खाली जमिन लाई सदुपयोग गर्ने उदेश्यले स्थानीय भिम बहादुर चाैधरीले राेपेकाे आँपकाे बगैंचालाई पार्ककाे रुपमा विकास गर्न लागिएको हाे ।

उनै भिम बहादुर चाैधरीकाे नाम बाट भिम बगैंचा नामाकरण गरिएको स्थानीय जानकारहरुले बताउनुभयो ।

लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्रमा रहेको उक्त बगैंचा लाई कलात्मक पार्ककाे रुपमा विकास गर्ने उदेश्यले करिब सात करोड लगानी लाग्ने गरि बिस्तृत आयोजना प्रतिवेदन तयार भएको  राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

उहाँले भन्नु भयो -“राजधानी क्षेत्रकाे मुटुमै र राजमार्ग देखि पनि नजिकै रहेको उक्त स्थानलाई  पर्यटकीय रुपमा विकास गर्न सकिन्छ ।”

त्यस्तै अध्यक्ष विष्टले यस क्षेत्रकाे विकासकाे निम्ति प्रदेश सरकार सँगै संघीय सरकार समक्ष/आफुले बजेट माग गर्ने बताउनुभयो ।

डिभिजन वन कार्यलय देउखुरीका प्रमुख राजु क्षेत्रीले वन, वन्यजन्तु, वातावरणकाे संरक्षण सँगै पर्यटकीय क्षेत्रकाे रुपमा विकास गर्नका लागि उक्त क्षेत्रलाई प्रदेश स्तरीय वनस्पति उद्धानकाे रुपमा विकास गर्न लागिएको बताउनुभयो ।

उक्त क्षेत्रमा थारु सांस्कृतिककाे संग्रहालय, सुनपाेखरी,बाल उद्घान, पिङ्निक स्पाेर्ट लगायतका विभिन्न संरचनाहरु निर्माण गरिने वडा नम्बर चारका वडा अध्यक्ष वीर बहादुर चाैधरीले बताउनुभयो ।

सुरुवाती पहिलो चरण प्रदेश वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यलय दाङ बाट करिब २७ लाख ३३ हजार बजेट विनियोजन भएको छ।

उक्त विनियोजित बजेट बाट पहिलो चरणमा प्रवेश गेट र पाेखरी निर्माण गरिने भएको छ।

यसै बिच गेटकाे बिहीबार पालिकाका अध्यक्ष प्रकाश विष्ट र डिभिजन बन कार्यलय देउखुरीका प्रमुख राजु क्षेत्रीले संयुक्तरूपमा शिलान्यास गर्नु भएको छ ।

गेटको काल्पनिक तस्बिर

शिलान्यास कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चाैधरी, शान्ति सामुदायिक वनका अध्यक्ष तथा वडा सदस्य राेशन चाैधरी, समाजसेवी प्रकाशमणि घिमिरे, वडा सदस्य विष्णु पाेख्रेल, बगैंचा निर्माणकर्ता भिम बहादुर चाैधरीका नाति धर्मेन्द्र चाैधरी, स्थानीय समाजसेवी,बुद्धिजीवी लगायतका स्थानीयवासीहरुकाे उल्लेख उपस्थित रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation