सोमवार, चैत्र ३०, २०८२

गोर्खा आइडियल स्कुलमा १००% नतिजा : बधाई तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न

दाङ । लुम्बिनी प्रदेश अन्तर्गत राप्ती गाउँपालिका–२ लालमटियामा अवस्थित गोर्खा आइडियल स्कुलमा बधाई तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

२०८२ साल चैत्र २९ गते आइतबार आयोजित कार्यक्रममा विद्यालयले यस वर्ष कक्षा आठमा १०० प्रतिशत नतिजा हासिल गरेको अवसरमा विशेष समारोह आयोजना गरिएको हो ।

कार्यक्रममा कक्षा आठमा उत्तीर्ण भएका विद्यार्थी छात्रछात्राहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । उनीहरूको उल्लेखनीय सफलताले विद्यालयको शैक्षिक गुणस्तर अझ उच्च बनाएको भन्दै वक्ताहरूले प्रशंसा गरेका थिए ।

कार्यक्रममा सभा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति सदस्य महेन्द्र अधिकारीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा गोर्खा ग्रुपका एचआर डाइरेक्टर उत्तमराज घिमिरे उपस्थित थिए। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारी तथा अतिथि स्यामलाल बरालको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि घिमिरेले मन्तव्य राख्दै गोर्खा बोर्डिङले सरकारी मान्यता प्राप्त गर्दै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप उत्साहजनक बनाएको थियो ।

कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल बसन्त पुनले गरेका थिए भने विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अन्त्यमा सभा अध्यक्ष महेन्द्र अधिकारीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation