भालुवाङमा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम सुरु

दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले सरसफाई सम्बन्धी सचेतना कार्यक्रम मंगलवार देखि सुरु गरेको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रमुख बजार भालुवाङ सहितका अन्य बजार क्षेत्रमा फोहोर अत्यधिक बढेको भन्दै सो संस्थाले राप्ती गाउँपालिका सँग समन्वय गरेर १ हप्ता सम्म दैनिक रुपमा माइकिङ गर्ने र यातायात व्यवसायी, सवारी साधान तथा व्यापारीहरुलाई जथाभावी फोहोर नफाल्न निर्देशन दिने गरी कार्यक्रमको सुभारम्भ गरेको छ ।

सके सफा गरौ, नसके फोहोर नगरौं, गाडीमा यात्रा गर्दा बाहिर फोहोर नफालौं, डस्वीनमा मात्र फोहोर फालौं, सभ्य नागरिकको परिचय दिउ भन्ने मुल नारा का साथ सुरु गरिएको कार्यक्रमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिका क्षेत्रको फोहोर व्यवस्थान अबको १/२ महिनाबाट सुरु हुने बताएका छन् ।

वडा नम्बर ४ मौरीघाटमा जग्गा लिजमा लिइसकिएको र त्यहाँ गल्ने र नगल्ने फोहोरका लागि संरचना निमार्ण भइरहेकोले फोहोर व्यवस्थापन चाँडै हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै अध्यक्ष विष्टले फोहोर व्यवस्थापन गाउँपालिका एक्लैले गर्न नसक्ने हुँदा विभिन्न संघसंस्था तथा युवाहरुको आवश्कता रहेको र त्यसमा सवैले स्वमसेवकको रुपमा काम गर्न अनुरोध पनि गरेका छन् ।

अध्यक्ष विष्टले आफुले चुनावका बेला बोलेको कुरा अहिले कार्यन्वयन हुन लागेको बताएका छन् । फोहोर व्यवस्थापन गर्ने ठाउँ तयार हुने बित्तिकै टयाक्टरबाट गल्ने र नगल्ने फोहोर उठाउने काम सुरु हुन्छ । त्यती बेला कसैले जथाभावी फोहोर फालेको पाइए जरिवाना गर्ने र त्यसका लागि प्रहरीलाई जिम्मा दिने समेत बताएका छन् । त्यस्तै अध्यक्ष विष्टले सम्पुर्ण उद्योगी, व्यापारी, यातायात व्यवसायी, चालक, सहचालक, यात्रु तथा सर्वसाधारणलाई समेत जथाभावी फोहोर नफाल्न आग्रह गर्दै गाडी भित्रका यात्रुले गाडी भित्रको डस्वीनमा फोहोर फाल्न र व्यापारी तथा सर्वसाधारणहरुलाई पनि डस्वीनमै फोहोर फाल्न आग्रह गरेका छन् ।

संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका महासचिव नारायण शर्मा लगायतका वक्ताहरुले महत्वपुर्ण भनाई राखेका थिए ।

कार्यक्रममा उद्योगी, व्यापारी, यातायात व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न संघ संस्थाका प्रमुख तथा सर्वसाधारणको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए । यसै बीच संस्थाले भदौ २२ गते बुधवार भालुवाङ बजार क्षेत्रमा सरसफाई सम्बन्धी संदेशमुलक माइकिङ गर्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा होटल पौवा भालुवाङले पनि प्राविधिक सहयोग गरेको छ ।                                                                                                                                                                                                                                                                                     

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation