सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

अर्जेन्टिनामाथि साउदी अरबको ऐतिहासिक जित

विश्वकपको दाबेदार अर्जेन्टिनालाई हराउँदै साउदी अरबले ऐतिहासिक जित हासिल गरेको छ ।

समूह ‘सी’ को पहिलो खेलमा साउदी अरबले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । यसअघि भएका चार खेलमा साउदी अबर पराजित भएको थियो ।

त्यस्तै, विश्वकपमा अर्जेन्टिनालाई हराउने साउदी अरब पहिलो एशियाली टोली हो। यसअघि कुनै पनि एशियाली टोलीले अर्जेन्टिनालाई विश्वकपमा हराउन सकेका थिएनन् ।

यससँगै, सन् १९९० पछि युरोप बाहिरका कुनै पनि टोलीले अर्जेन्टिनालाई हराउन सकेका थिएनन् । यसअघि क्यामरुनले सन् १९९० मा अर्जेन्टिनालाई विश्वकपमा हराएको थियो ।

आजको खेलको पहिलो हाफमा लियोनल मेसीको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । खेलको १० मिनेटमै मेसीले अर्जेन्टिनाका लागि गोल गरेका थिए ।

त्यसपछि खेलको ४८औं मिनेटमा गोल गरेर साउद अरबका सालेह अल्सेहरीले बराबरीमा ल्याए । त्यसको पाँच मिनेटपछि साउद अरबका सलेम अल्दवासरीले गोल थपेर अग्रता दिलाए ।

दोस्रो हाफमा अर्जेन्टिनाले खेलमा दबदबा बनाए पनि गोल गर्न सकेन । अर्जेन्टिनाले साउदी अरबको पोस्टमा १५ सट प्रहार गरेको थियो ।

यो जितसँगै साउदी अरबले तीन अंक बटुलेको छ । यो समूहमा साउदी अरब र अर्जेन्टिनासँगै मेक्सिको र पोल्यान्ड छन् ।

साउदी अरबले सन् १९९२ मा पहिलो पटक विश्वकप खेलेको थियो । यो साउदी अरबको छैटौं विश्वकप हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation