शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

नेपाल टी–२० : लुम्बिनी अलस्टारको विजयी सुरूवात, फारवेस्ट ६७ रनले पराजित

काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको चम्किएपछि शनिबार फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले नेपाल टी-२० लिगमा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा लुम्बिनीले प्रस्तुत गरेको एक सय ५३ रनको लक्ष्य पछ्याएको फार वेस्ट १६.२ ओभरमा ८५ रनमा समेटियो ।

फार वेस्टका कप्तान हस्मतउल्लाह साहिदीले सर्वाधिक ३५ रन बनाए । यस्तै विनोद भण्डारीले १३ रन बनाउनुबाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  फार वेस्टलाई सस्तैमा समेट्न लुम्बिनीका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । सागर ढकालले दुई विकेट लिदा प्याट ब्राउन,किशोर महतो र विपुल शर्माले एक/एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५२ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लाहिरु मिलन्थाले ५० बलमा आठ चौक र एक छक्का सहित सर्वाधिक ६० रन जोडेका थिए । दीपेन्द्र सिंहले ३५, गुल्सन झाले २५ र विपुल शर्माले १२ रन जोडे ।

फार वेस्टका उमेर अली खान र करण केसीले समान तीन विकेट लिए ।जितसँगै दुई अंक जोडेको लुम्बिनी तालिकाको दोस्रो स्थानमा आएको छ । तालिकाको शीर्ष स्थानमा भने काठमाडौं नाइट्स छ ।

आजै भएको पहिलो खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको थियो ।  नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा भएको लिग पुस २७ सम्म सञ्चालन हुनेछ ।

नेपाल टी–२० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स गरी ६ टोली सहभागी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation