शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लामो समयपछि खेलमा फर्किएका सन्दीपले लिए ३ विकेट

काठमाडौं । बलात्कार आरोपमा केही महिना हिरासतमा बसेपछि खेलमा फर्किएका बलर सन्दीप लामिछानेले मंगलबार नामिबियासँगको खेलमा ३ विकेट लिएका छन् । दोस्रो बलमै विकेट लिएका उनले ४९ औं ओभरको पहिलो र अन्तिम बलमा थप विकेट लिएका हुन् ।

सुरुवाती ५ ओभरसम्म सन्तोषजनक प्रदर्शन गरेका उनको बाँकी ४ ओभरमा प्रदर्शन खस्किएको थियो। खेलको ४९ र आफ्नो अन्तिम १०औं ओभरमा उनी खेलमा फर्किए ।

सुरुमा २.८ को औसत रनरेटमा प्रदर्शन गरेका उनको खेल पाँच ओभरपछि भने खस्किएको थियो । त्यसपछि प्रतिओभर १० भन्दा माथिको रनरेटमा उनको बलिङ रह्यो। ६६ रन दिएका उनको समग्र रनरेट भने ६.६० रह्यो ।

नेपालका लागि करण केसी सर्वाधिक ५ विकेट लिन सफल भए। १० ओभर नै बलिङ गरेका उनले ६१ रन खर्च गरे । यसैगरी नेपालका लागि सोमपाल कामी र कुशल मल्लले एक-एक विकेट लिए ।

निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर नामिबियाले २८५ रन बनायो । २८६ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation