मङ्लबार, माघ २१, २०८२

पाकिस्तानमा भएको बम विस्फोटमा २८ जनाको मृत्यु, डेढ सय जना घाइते

पाकिस्तानको पेशावरमा एउटा मस्जिद भित्र भएको बम विस्फोटमा कम्तिमा पनि २८ जनाको मृत्यु भएको छ ।

पाकिस्तानी अधिकारीहरुका अनुसार घटनामा १५० जना भन्दा धेरै घाइते भएका छन् ।

उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने छ ।

पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिए । उनले भने, ‘छत खस्दा केही मानिस पुरिएको आशंका छ, उद्धारकर्ताहरुले खोजी गरिरहेका छन् ।’

पेशावरको पुलिस लाइनमा रहेको मस्जिदमा विस्फोटको बेला ३०० देखि ४०० जना प्रहरीहरु नै उपस्थित रहेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । मानिसहरु नमाज पढ्नका लागि भेला भएको बेला विस्फोट भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation