राप्तीमा निःशुल्क विशेषज्ञ घुम्ती स्वास्थ्य शिविर, २ सय बढी लाभान्वित

देउखुरी १९ वैशाख । दाङ देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर एक भालुवाङ स्थित प्रस्तावित ५० शैया भालुवाङ अस्पताल (लालमटिया स्वास्थ्यचौकी) मा बुधबार निःशुल्क विशेषज्ञ घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा १ सय २० जना महिला र ८० जना पुरुष गरि २ सय जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

राप्ती गाउँपालिका दाङको आयोजना तथा प्रकृति हेल्थ केयर प्राइभेट लिमिटेड बुटवल, रूपन्देहीकाे प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर प्रकृतिराज कडेल, डाक्टर राजकृष्ण श्रेष्ठ, जनरल फिजिसियन तथा ग्यास्ट्राेलाेजिष्ट डाक्टर खलिल मियाँ, जनरल सर्जन नविन श्रेष्ठ, रेडियोलाेजिष्ट डाक्टर तृष्णा श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डाक्टर दृष्टि पाैडेल लगायत एक दर्जन बढी स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो ।

त्यस्तै शिविरमा स्वास्थ्य चेकजाँच गराएका बिरामीहरुलाई आवश्यक स्वास्थ्य परामर्श दिनुका साथै नि:शुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो ।

शिविरकाे लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर र पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजित थारुले पानसमा बत्ती बालेर संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।

साे अवसरमा बाेल्दै उहाँहरुले नागरिककाे सबैभन्दा ठुलो सम्पत्ति स्वास्थ्य भएको बताउदै उनीहरुलाई गाउँघरमै स्वास्थ्य सेवा पुर्‍याउनु राज्यको कर्तव्य भएको बताउनुभयो थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation