आजबाट कतारमा विश्वकप शुरु हुँदै

विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ ।

कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।  उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

कतार र इक्वेडरबीचको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ ।  उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह, अमेरिकन गायक लिल बेबी  लगायतका स्थानीय कलाकारले प्रस्तुति दिनेछन्।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।

आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

तर,  समलिङ्गी सम्बन्ध, मानवअधिकारको रेकर्ड र आप्रवासी कामदारमाथिको व्यवहारका कारण कतार विश्वकपको निकै आलोचना भयो ।

विश्वकप नजिकिदै जादा फिफाले सहभागिता जनाउने राष्ट्रलाई फुटबलमा ध्यान केन्द्रित गर्न आग्रह समेत गरेको थियो।

यद्दपी युरोपेली राष्ट्रका ९ कप्तानले विश्वकपमा ‘वन लभ’ आर्मब्यान्ड लगाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation