कतार विश्वकपमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएसँगै नेदरल्याण्ड्सका मुख्य प्रशिक्षक लुइस भान गालले राजीनामा दिएका छन् ।
शुक्रबार भएको खेलमा इन्ज्युरी समयको अन्तिम मिनेटमा डच टोलीले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
रोमाञ्चक खेलमा नेदरल्याण्ड्स अर्जेन्टिनासँग पराजित भयो । अन्तिम ८ बाटै बाहिरिएपछि नेदल्याण्ड्सका मुख्य प्रशिक्षकले राजिनामा दिएका हुन् । ७१ वर्षीय भान गालले भने ‘म अब निरन्तरता दिन चाहान्न, म यो समयको लागि मात्र थिएँ र यो नै मेरो अन्तिम खेल थियो ।’
भान गालले थपे, ‘मेरो प्रशिक्षणमा डच टोलीले २० खेल खेल्यो । यो नै पहिलो हार थियो । मलाई थाहा छैन, कति खेल जितँ तपाइहरुले गुगल गर्न सक्नुहुन्छ ।’
भान गालको नेतृत्वमा नेदरल्याण्ड्सले २० खेलमा १४ जित र ६ खेलमा बराबरीको गरेको थियो ।