शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लुम्बिनी अल स्टारका मुख्य प्रशिक्षक पिटर नेपाल आइपुगे

काठमाडौँ । नेपाल टी-२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टारका मुख्य प्रशिक्षक नेपाल आइपुगेका छन् । पहिलो संस्करणको प्रतियोगिताका लागि मुख्य प्रशिक्षक पिटर ट्रेगो बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

अलराउन्डर पिटरसँग २११ टी-२० खेल खेलेको अनुभव छ । उनले यी खेलमा १९५ इनिङ्स ब्याटिङ गर्दै ४ हजार १२७ रन बनाएका छन् । यस क्रममा उनले २१ अर्धशतक प्रहार गरेका छन् ।

११७ इनिङ्स बलिङ गरेका उनले २ हजार ४९४ रन दिएर ७८ विकेट लिएका छन् । लुम्बिनीको प्रशिक्षक भने मनोज कटुवाल रहने छन् । टोलीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका छन् ।

लुम्बिनीमा भारतका विपुल शर्मा तथा हरमीत सिंह, इंग्ल्यान्डका प्याट ब्रेन, श्रीलंकाका लाहिरू मिलान्था, दक्षिण अफ्रिकाका क्लाउड भान, भारतीय मूलका अमेरिकन उन्मुक्त चन्द र आयरल्यान्डका ह्यारी टेक्टर विदेशी खेलाडी रहेका छन् ।

यस्तै, कुशल भुर्तेल, सुनिल धमला, सागर ढकाल, अनिलकुमार शाह, गुलशन झा, इशान पाण्डे, आकाश चन्द, तिलकराज भण्डारी, किशोर महत र योगन्द्र सिंह कार्की नेपाली खेलाडीको रूपमा रहेका छन् ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो संस्करणको नेपाल टी-२० लिग पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ नाइट्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा काठमाडौँ, पोखरा र लुम्बिनीसँगै जनकपुर रोयल्स, फार वेस्टर्न युनाइटेड र विराटनगर सुपर किंग्स सहभागी हुने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation