काठमाडौं । नेपाल टी-२० लिग आजदेखि सुरु भएको छ । काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच उदघाटन खेल भएको छ ।
पोखराले टस जितेर फिल्डिङ गरिरहेको छ । यी दुवै टिमले विदेशी खेलाडी मैदान उतारेका छन् । प्रतियोगितामा सहभागी भएका विदेशी खेलाडीको श्रम स्वीकृति लिन भने बाँकी नै छ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले उदघाटन गरेका हुन् । उनले खेलकुदको विकासमा यो राम्रो काम भएको बताए ।
प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । उपविजेताले ३० लाख, तेस्रो र चौथो हुनेले क्रमश: १० र ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले पाँच लाख रुपैयाँ दिइनेछ । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिइनेछ । इमर्जिङ खेलाडीले उक लाख ८० हजार रुपैयाँ पाउनेछन् ।
हरेक खेलकाे प्लेयर अफ द म्याचले ४० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।