आज फेब्रुअरी ७ अर्थात् ‘भ्यालेन्टाइन डे’को पहिलो दिन । भ्यालेन्टाइन सप्ताह सुरु भएको पहिलो दिन अर्थात् ‘रोज डे’ हो ।
यो पश्चिमी संस्कृती भएपनि पछिल्लो केही वर्षयता यसको प्रभाव नेपालमा पनि परहेको छ ।
‘भ्यालेनटाइन डे’ को प्रतिक्षा रहेको युवायुवतीले आज आफ्नो प्रेमी प्रेमीकालाई रातो ‘गुलाब’को फूल दिएर मनाइरहेका छन् ।
१४ फब्रुअरीलाई भ्यालेनटाइन अर्थात प्रणय दिवस भनेता पनि प्रेम गर्नेहरुले यसलाई एक हप्ता सम्म विभिन्न नामले मनाउने चलन छ ।
यसको शुरुवात ७ फेब्रुअरी बाट शुरु हुन्छ ।
आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिनको रुपमा पनि हेरिन्छ ।