जुम्लाको चन्दननाथ नगरपालिका-१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
चन्दननाथ-१ ठिन्केका लोकबहादुर भण्डारीकी छोरी बन्दना भण्डारीको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए ।
उनका अनुसार आगलागीबाट लोकबहादुरको तीन तले घर जलेर नष्ट भएको छ । एक्कासी राति आगलागी हुँदै परिवारजन बाहिर निस्केका थिए ।
तर, तेस्रो तलामा सुतिरहेकी बन्दना भने बाहिर निस्कन सकेकी थिइन् । उनी घरको तेस्रो तलामै मृत भेटिएकी हुन् ।
स्थानीय बासिन्दा, नगरपालिकाको दमकल, प्रहरी र सेनाले आगो निभाएको छ। घरका सरसामान भने पुरै जलेर नष्ट भएका छन् ।