आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

‘पूर्णबहादुरको सारंगी’ ले बनायो दुई कीर्तिमान

पछिल्लो सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले आक्रामक व्यापार गरिरहेको छ ।

विजय बराल अभिनीत यो फिल्मले प्रदर्शनको १० दिनमा १७ करोड ९८ लाख रूपैयाँ कमाइ गरेको छ ।

निर्माण पक्षले आइतबार बेलुका शनिबारसम्मको कमाइ सार्वजनिक गरेको हो । यो फिल्मले कीर्तिमान समेत कायम गरेको छ ।

रच्यो एकैदिन सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान

यो फिल्मले एकैदिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान रचेको छ । फिल्मले शनिबार एकैदिन ३ करोड ८९ लाख रूपैयाँ कमाएको हो ।

अहिलेसम्म एकैदिनमा कुनै नेपाली फिल्मले यति धेरै कमाएका थिएनन् । फिल्मले शुक्रबार २ करोड ९९ लाख रूपैयाँ कमाएको थियो ।

अहिलेसम्मकै सर्वाधिक शो पाउने नेपाली फिल्म

‘पूर्णबहादुरको सारंगी’ ले अहिलेसम्मकै सर्वाधिक शो पाउने नेपाली फिल्मको समेत कीर्तिमान बनाएको छ ।

फिल्मले शनिबार देशभर ४ सय ६५ बढी शो पाएको निर्माण संस्था सेभेन सिजले जनाएको छ। आइतबार पनि फिल्मको शो सोही आसपास थियो ।

यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३ सय ३५ शो पाएर कीर्तिमान बनाएको थियो । सो कीर्तिमान छोटो समयभित्र ‘पूर्णबहादुरको सारंगी’ ले तोडेको हो ।

दर्शकको मागलाई मध्यनजर गर्दै कतिपय हलहरुले मध्यरातमा पनि फिल्म चलाएका छन् ।

फिल्मको व्यापारको रफ्तार हेर्दा यसले नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइको रेकर्ड राख्ने सक्ने अनुमान छ ।

‘पूर्णबहादुरको सारंगी’ सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको हो ।

फिल्ममा विजय बराल, प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकारहरूको अभिनय छ । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मका निर्माता हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation