
काठमाडौं । चलचित्र पशुपतिप्रसाद २ भष्मे डन निर्माण हुने भएको छ । आइतबार काठमाडौंमा पशुपतिप्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो ।
चलचित्र निर्माण टिमले यो चलचित्र पशुपतिप्रसादको दोस्रो सिक्वेल नभएको बताएको छ । चलचित्र पशुपतिप्रसादको प्रमुख मध्ये एक पात्र भष्मे डनको चरित्रमाथि बनाइने निर्माण टिमले बताएको छ ।
चलचित्रमा पशुपति प्रसादकी अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता खगेन्द्र लामिछानेको अभिनय रहने छैन । तर अभिनेता लामिछाने भने चलचित्रको लेखक र निर्माताको रुपमा रहनेछन् ।
कार्यक्रममा बोल्दै अभिनेता रविन्द्र सिंह बानियाँले पशुपतिप्रसाद बनाउने कि नबनाउने भनेर धेरै सोचेपछि मात्रै फिल्म बनाउन लागेको बताए । उनले पशुपतिप्रसादको मायाँलाई कुनै कमी हुन नदिने गरी फिल्म बन्न लागेको बताए । कार्यक्रममा अभिनेत्री वर्षा शिवाकोटीले पशुपतिप्रसाद चलचित्र आफ्नो लागि धेरै नै महत्वपूर्ण भएको बताए । उनले आफ्नो जो पशुपतिप्रसादसँग भएकाले त्यही अनुसारको पात्र हुनुपर्छ भन्ने हिसाबले आफूलाई फिल्ममा नपर्दा पनि चित्त बुझाएको बताइन् ।