मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

धिरेन शाक्यको अभिनय र गीतकार मुकुन्द पौडेलको शब्द रहेको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । एक समयका चर्चित अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त छन् । सामाजिक र पारिवारिक कथासहितको सन्देश दिने मात्र होइन, प्रेमभाव जोडिएका गीति भिडियोमा समेत धिरेनले कम्मर मर्काउन भ्याउँछन् ।

सामाजिक परिवेशलाई प्रस्तुत गरिएको ‘छैन केही डर’ बोलको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ । गीतकार मुलुन्द पौडेलको गीतको यो भिडियो आजै युट्युवमा अपलोड गरिएको छ ।

गौरव गिरिको निर्देशन र विषम आचार्यको स्वर रहेको यो भिडियो आर कुमारले निर्माण गरेका हुने । भिडियोमा नायक धिरेन शाक्य, अभिनेत्री अनिता केसीलगायतको अभिनय छ । उत्तम हुमागाईंले छायांकन गरेको यो भिडियाको भद्रजंग कुँवरले सम्पादन गरेका हुन् ।

गीतकार पौडेलका कविता, गीत तथा मुक्तक संग्रहका थुप्रै पुस्तक र म्युजिक भिडियोहरु बजारमा आइसकेका छन् । उनका चार वटा गीतहरु रेकर्ड भइसकेका छन् । नेपाल आँखा अस्पतालको जागिरबाट सेवानिवृत्ति भएपछि पौडेल साहित्य र संगीत क्षेत्रमा लागेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation