मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

पछिल्लो समय चर्चामा आयकि गायिका रेग्मिको पन्चेबाजा गित “बुढेसकालले छुन्छ” सार्बजनिक

अर्घाखाँची जिल्लाको बामरुकमा जन्मिएर बाल्यकाल गाउँ घरमै उकाली ओराली, घास दाउरा गर्दै रमाउँदै रमाउँदै हुर्किएकी र सानै देखि नाच गान क्षेत्रमा अब्बल लक्ष्मी रेग्मी साङ्गितिक क्षेत्रकै कामको सिलसिलामा हाल काठमाडौंमा बसोबास गर्दै आइरहनु भएको छ ।

साङ्गितिक क्षेत्रमा लागेको करिब करिब तेह्र बर्ष भएको छ र उहाले अहिले सम्म दुई सय पचास भन्दा धेरै गितमा आफ्नो आवाज दिनुभएको छ ।

आज मात्रै नयाँ पञ्चेबाजा गित “बुढेसकालले छुन्छ” Laxmi Regmi Official युटुब च्यानलबाट बजारमा आइसकेको छ । गितमा लक्ष्मी रेग्मी र कृष्ण कंडेलको स्वर, लय/शब्द शिबजी परियार, संगीत संयोजन सागर बिरही, आर. के परियार र प्रियंका नेपालीको अभिनय तथा शम्भु चालिसेले छायांकन गर्नु भएको गितको मारुनी डिजिटल रेकर्डिङ स्टुडियोबाट रेकर्डिङ गरिएको छ भने निर्देशन दिप गुरुङको रहेको छ ।

यो गित दर्शक श्रोताहरुको मन मुटुमा बस्ने छ र सबै दर्शक श्रोताहरुले हेरेर अनि सेयर गरेर साथ दिनुहुने छ भन्ने आशा राखेकि छु – रेग्मीले दङ्गाली अनलाइन खबरलाइ भन्नु भयो ।

गायन पेशामा निकै व्यस्त बनेकि रेग्मीलाइ धेरै दर्शक श्रोता, सुभचिन्तकहरु अव रेग्मीको कस्तो गित आऊला भनेर प्रतिक्षा गरिरहेका हुन्छन्  ।

विविध समस्याका कारण बिचमा चार पाँच बर्ष म्युजिक क्षेत्रबाट टाढा हुन परेकोले आफ्ना दर्शक श्रोताहरुलाई आफ्नो गितहरुबाट मनोरञ्जन दिन नसकेको र समस्याका बाबजुद पनि घर परिवार र आफन्तजनको राम्रो साथ सहयोगबाट पुनः सोहि क्षेत्रमा आएर दर्शक श्रोताहरुलाई मनोरञ्जन दिइरहेको बताउनु भएको हो ।

रेग्मी पछिल्लो समय लाइभ दोहोरी गितहरुबाट पनि  एकदमै चर्चामा आउन सफल हुनु भएको छ । उहाँले दर्जनौं बढी लाइभ दोहोरीमा आफ्नो सुरिलो आवाज दिनु भएको छ । त्यही सुरिलो र मीठो आवाजलाई दर्शक श्रोताहरुले अत्यन्तै रुचाएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation