बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

धेरै दर्शक श्रोताहरुले रुचाइएका गाएक तथा मोडेल : जय देबकोटा

रुकुम जिल्ला मा जन्म भएका उनी हाल काठमाडौं मा बसोबास गर्दै आएका छन ।  देबकोटा साङ्गितिक क्षेत्रमा लागेको सोह्र बर्ष भएको छ र उनले अहिले सम्म १ हजार भन्दा बढी गितमा आवाज दिएका छन् भने त्यति नै गितमा उनले आफ्नो अभिनय समेत प्रस्तुत गरेका छन ।

गायन पेशामा निकै व्यस्त बनेका जय देबकोटालाइ धेरै दर्शक श्रोता, फ्यानहरु अव देबकोटाको कस्तो गित आऊला भनेर प्रतिक्षा गरिरहेका हुन्छन्  ।

भर्खरै मात्रै नयाँ लोक गित ” तिम्लाइ भुल्न मान्दैन मनले ” Jaya Devkota युटुब च्यानल बाट बजारमा आइ सकेको छ । गितमा शब्द /लय /स्वर : जय देवकोटा को रहेको छ भने अभिनय : जय देवकोटा र अनिता गिरि ले गर्नु भएको छ । त्यसै गरि छायांकन : चक्र बहादुर बराल, सम्पादन : अनिल राना र निर्देशन : मदन खड्का को रहेको छ ।                                                                                           

यो गित दर्शक श्रोताहरु को मन मुटुमा बस्ने छ र सबै दर्शक श्रोताहरुले हेरेर अनि टिकटक बनाएर साथ दिनुहुने छ भन्ने आशा राखेको छु – देबकोटाले दङ्गाली अनलाइन खबरलाइ भन्नु भयो ।

यो साउन महिनामा मात्रै उनले चार वटा गित आफ्नै आवाजमा बजारमा ल्याएका छन भने खुमन अधिकारी र सुनिता बुढा क्षेत्री को आवाजमा रहेको “सम्बन्ध” गितमा जय देबकोटा र सरिका के सि ले अभिनय गरेका छन ।                                           

साउन महिनामा बजारमा आएका गित “झल्को उनैको” मा स्वर जय देबकोटा/समिक्षा अधिकारी को रहेको छ भने उक्त गितमा जय देबकोटा र दिब्या न्यौपाने को अभिनय र मदन खड्काको निर्देशन रहेको छ ।

त्यसैगरी यश बर्षको नयाँ तिज गित “सरर गैहाल्छ जोबन” मा स्वर : जय देबकोटा / भावना आचार्य को रहेको छ भने दिलिप ओखडा र अञ्जली अधिकारीको अभिनय र गाम्भिर बिष्टको निर्देशन रहेको छ ।                                                             

त्यसै गरि अर्को नयाँ तिज गित “अमेरिका मेरो बुढा छ” मा स्वर : जय देबकोटा / रेजिना परियार को रहेको छ भने शंकर बि सि र उषा खड्काको अभिनय सङ्गै मदन खड्काले निर्देशन गरेका छन ।                                                                   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation