मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

विश्राम

गाउँ भरी कोलाहल मच्चियो दौडधुप थियोे बसन्ते ले प्राण छोडेछन नि !! हो र ? केही समय अघि मात्रै होइन र परदेश बाट आएका ? किन के भएछ ? सवैजना यहि प्रश्न गर्दै थिए तर उत्तर कसैसङ्ग थिएन । आगन को छेउमा तुलसाको मोठमा एउटा गुन्द्री माथी उसलाई राखिएको थियोे श्रीमती अलापबिलाप गर्दै थिइन उनको छिनमै होस आउने जाने गरिरहेको थियोे दाइ भाउजू भाइ बुहारी बाउ आमा एका छेउमा रुदै थिए । चारैतिर सन्नाटा छाएको थियोे । एकै छिनमा गाउँ भरीका जम्मा भैहाले ।

मृत शरीर राख्ने कुरा भएन छेउमा रुदै बसेको छोरो बाउ लाई सम्झी सम्झी लास माथी झम्टिदै बिलाप गर्दै थियोे यो कारुणिक दृश्य ले मन कसको नपोल्दो होला र ? मेरो बाबा लाई कता लैजान लागेको नलैजानु भन्दै भुमिमा लडिबुढी गर्दै थियोे तर त्यो लडिबुढी लाई सम्झाउने हिम्मत कसैमा थिएन न त त्यो लास त्यहा राख्न नै सकिन्थ्यो बसन्ते अब सदा सदाको लागि नफर्किने बाटो गयो ।

कलिला उमेरलाइ माटो सङै लडिबुढि गर्नेबेला बसन्तेले एउटा हरियो बुक बनाएर प्लेन कै यात्रा गर्यो । मन भरी को चाहना यहि माटोमा बिसायो अनि लागेको थियोे उ । उसको जिम्मेवारी को भारी कति बोझिलो थियोे त उसैलाई मात्रै थाह थियोे । कामको दौरान कयौं हन्डर खाएको छ उसले कुनै दिन त यस्तो सम्म पनि भएको थियोे कि आफ्नो झिटिझाम्टा बोकेर नै आफ्नै देश फर्किउ तर मज्बुरीको पर्खाल उसको अगाडि बाधक बनेर बसेको छ त्यो पर्खाल चढ्न सक्ने हिम्मत खोइ र उसको मा ?

परिवारका हरेक सदस्य का लागि उ भगवान बनेर आयो सबको खुशिको लागि उसले आफ्नो खुशिलाइ तिलान्जली दियो । सब खुशी थिए अगाडि बढिरहेको थियोे सवैजना मिलेर बसेकै थिए उ पनि खुशी थियोे । रहदाबस्दा साथीहरू सुझाव दिइरहन्थे भाइ केहि पैसा आफ्नो लागि पनि जम्मा गर्नुपर्छ भनेर तर उ दाइ मार्नु गाई मार्नु र भाइ मार्नु मेरो लागि एउटै हो यिनिहरुको खुशी मै म खुशी हुन्छु भन्थ्यो कुनै पनि दिन एक पैसा पनि उसले आफ्नो खुशिको लागि खर्चिने मौका नै पाएन । ५ / ६ बर्ष को बिदेश बसाइ पछि उसलाई पनि आफ्नो घरजम गर्ने रहर भयो अनि घरका को पनि साथ रह्यो बिहे भयो एक महिना नहुदै उ बिदेश फर्कियो त्यो फर्किदाको पीडा उसले भोगेको छ ती कहालीलाग्दो दिन हरु उसले ब्यतित गरेको छ ।

कसैको हिम्मत भएन यतिका बर्ष कमाइ गर्यौ अब भर्खर बिहे भएको छ सके यतै केही गरौंला नभए २/४ बर्ष बसेर सोचौला । अन्तत उ फेरि बिहे गरेकी आफ्नी स्वास्नि चिन्न नपाउदै फर्कियो कर्म भुमी तिर । यसपटक धेरै मन पोल्यो उसको तर शितलता कसले छरिदिने ? को आइनेदिने शितल छहारी बनेर । भाग्यको खेल भनु या के भनु यसैमा उसको स्वास्नी गर्भवती भैइन यो खुशिकै पल थियोे उ लुकिलुकि फोन गरेर घर आउन दबाब दिन्थी तर उ गएको भर्खर ७/८ महिना मात्रै भएको थियोे आउन सक्ने अवस्था थिएन घर का ले पनि हामी छौ नि भन्थे किनकी आजसम्म त उसको पैसा त्यही घरमै आइरहेको थियोे ।

मास पुर्ण भयो पुर्णिामा को जुन जस्तो चम्किलो अनुहार भएको छोरा नै जन्मियो यो खुशिको खबर उसले पनि पायो उसलाइ धेरै आनन्द लाग्यो । यो खुशिमा उसले साथिहरुलाइ भोज पनि खुवायो जवकी बसन्ते ले खाजा खादा पनि एक एक हिसाब गर्थ्यो तर आज उसले दिल खोलेर खर्च गर्यो मौकामा हिरा फोडनु बेमौकामा कौडी नछोडनु भनेको यहि होला सायद ।

यता घरमा केही समय भयो ठाकठुक पर्न थालिसकेछ बसन्ते लाई थाह नै भएन । एक दिन काम सकेर घरमा फोन गर्यो खोइ त निता भन्यो उ प्राय सवैलाइ राखेर एकै ठाउमा कुरा गर्थ्यो तर नितालाइ नदेखेपछी सोध्यो सायद उसलाइ निता लाई भन्दा नि भर्खर जन्मेको छोरा को माया बढी थियोे । घरकाले पनि खोइ माइती गएकी होलि भने उ छागा बाट खसे झै भयो सबैकुरा सल्लाह मै हुन्थ्यो त किन यस्तो भयो उ आफै बुझ्न सकेन उसले कसैलाई केही दोष लगाएन ए हो भन्यो यतिकै मा छेउमा वसेकी भाउजू ले आफ्नो बुढाबुढिको सल्लाह नभै कोहि जान्छ ? अहिले हामिलाइ ठिक्क पारेका नि भएर भनिन त्यो कुराले झन मुटु छियाछिया बनायो अरु सब हो मा हो भन्दै गए आखिरमा दोषी त बसन्ते पो भयो उसलाई धेरै नरमाइलो लाग्यो तर उसले त्यहा आँसु झार्न पनि सकेन न उनिहरुलाइ केही भन्न नै उ मौन भयो र फोन राख्यो ।

अब स्वास्नी लाई फोन गरु कि नगरु भयो सत्य कुरा त कतैबाट पनि आउदैन सवै आफ्नै बचाउ मा लाग्छन जस्तो उसलाई लागेको थियोे फेरि पनि उसले फोन लगायो उता निशा रुदै फोन उठाइ उसले के भयो ? मलाई धेरै गार्हो भयो हजुर जसरी पनि आउनु मेरो माया नभए पनि छोराको माया त होला नि ? ओहो कति कठोर भएकी ? के भएको हो भन त ? तपाईं आउने कि नआउने यदि नआउने भए म छोरा लिएर नदिमा हेलिन्छु अनि तपाईं आफ्नो परिवार सङ्ग खुशी भएर बस्नु । चुप पग्ली यस्तो पनि सोच्छन ? के भएको हो भन त ? मलाई अरु थाह छैन तपाईं खुरुक्क आउनु नआए म मरिदिन्छु उसको एकोहोरो रटान रहि रह्यो आएको एक बर्ष मात्रै भएको छ कम्पनी को नियमानुसार दुइबर्ष नभै टिकट पाउने अवस्था छैन ।

ल म समय मिलाएर आउछु बाबू र आफ्नो ख्याल गर भनेर फोन राख्यो लामो सुस्केरा लियो आखिर बसन्ते कहाँनेर चुक्यो ? के गल्ती गर्यो बसन्तेले आज यो दिन आयो आफ्नो घर आफ्नो रहेन आफ्ना भन्ने सवै पराइ भए? यो निकै सोच्यो भोलिपल्टै कम्पनी मा गयो छुट्टी को लागि निवेदन दियो तर कम्पनी ले अर्को मान्छे घरबिदामा रहेकोे ले उ आएपछि मात्रै जान पाउने गरि बिदा स्वीकृत गरिदियो कम्पनी मा राम्रो काम गर्ने बसन्ते आज आफुलाइ पर्दा छुट्टी समेत पाएन मन खिन्न भयो । श्रमिक र मालिक बिचको सम्बन्ध केबल श्रम हुँदा सम्म मात्रै रहेछ । उसलाइ छट्पटी भयो निन्द्रा परेन । अर्को साथी आउन अझै १० दिन बाकी नै थियोे । भोलिपल्ट फेरि घरमा फोन गर्यो घरका खासै बोल्न चाहेनन दाइ ले खुरुक्क आएर आफ्नी स्वास्नि समालेर राख्नु भन्यो मन झन चर्कियो किन के भयो केही त भन्नू भनिरह्यो तर केही जवाफ आएन खोइ तेरै बुढिलाइ सोध न के भयो यहि थियोे आमाको उत्तर ।

बसन्ते लाई झन पीडा भयो यो पिडाको पोको कसलाइ खोल्ने ? उसलाई कसैले सोधेनन के खाइस के हुँदै छ सन्चो छ कि नाइ भनेर । उता स्वास्नी पनि आगो भएर बसेकी छ घर नआए छोरा सहित लिएर आत्महत्या गर्ने धम्की दिइरहेकि छ । उ तनाव मा पर्यो के गरु के नगरु भयो । आजको दिन सम्म पैसा उसले घरमै पठाइरहेको छ । तर पनि खोइ के मिलेन यो सब भद्रगोल भएको छ । उसले बुढिलाइ फोन गर्यो र दस दिन भित्र आफु आउन लागेको बतायो । ल अब भन के भएको हो ? तपाईं जुन दिन आउनुहुन्छ म त्यही दिन भन्छु भनेर जिद्दी गरिरही नारी हठको अगाडि बसन्तेको केही जोरसीप चलेन ल ठिकै छ भनेर फोन राख्यो । उसलाई अब यी काम सबका सब भारी हुन थाले आफ्नै जीवन आफैलाइ भारी भयो । उसको नियमित नै परिवर्तन भयो । एकोहोरो हुन थाल्यो उसले आफ्नो कुरा मनमा पिल्साइरह्यो खानमन लाग्नै छोड्यो मनमा यहि एउटा कुरा खेलिरह्यो कि मेरो गल्ती चाहिँ कहाँनेर भयो ? उ हैरानी भएको छ उ आफ्नो गल्ती खोजिरहेको छ तर पाएको छैन ।

आज को यात्रा छ उ स्वदेश फर्किदै छ तर मनमा कत्ति पनि खुशी छैन । सकेसम्म परिवार मिलाएर फर्किने गरि उ आएको छ माइती गएकी श्रीमती लाई पनि बोलायो सबैलाई राख्यो । तर कसैले केही कुरा गर्न चाहेनन । एक ले अर्कालाई दोष थुपार्ने भन्दा अरु केही भएन । अन्तत मन नलागेर नै उसले घरबाट छुटिने निर्णय गर्यो यहि निर्णय मा उसकी बुढी पनि र सवैजना खुशी थिए ।

केहिदिनको बसाइँ पछि सम्झाइबुझाइ गरेर बिदेश फर्किने तयारीमा छ बसन्ते अनि आमाबुबा सवैलाइ भेटेर आशिर्वाद लिन गयो । तर कसैले चासो राखेनन फेरि पनि उ आफ्नो कर्तव्य सम्झियो र भन्यो ल म भोलि जाँदै छु यसो यतापनी रेखदेख गरिदिनु होला । यस्तैमा भाउजू ले प्याच्चै बोलिन तिम्रो बुढिलाइ हाम्रो जरुरत नै पर्दैनन नि । यो वचन ले मन झन धमिलो भयो । मन भरी दुख बोकेर फर्कियो ।

परबास आएको पनि लामो समय भयो तर उसको मन फिटिक्कै काममा छैन दिन पछि दिन उ गल्दै गएको छ । साहारा आस्था भरोसा कसैको लाग्नै छोड्यो उसलाई । कामकै शिलशिलामा उ बेहोस भयो ढ्ल्यो तत्काल अस्पताल पुर्याइयो चेक जाँच भयो उ आफुलाइ गलेको महसुस गर्न थाल्यो अब उसलाई बिदेश बस्न मन लाग्न छोड्यो एक दिन घरमा फोन गर्यो र आफुलाइ काम मन परेन घर आउनुपर्छ होला भन्यो । तर श्रीमती ले भर्खरै त जानू भएको छ यतिका समय कमाएर परिवार लाई दिनु भयो खोइ हाम्रो के छ ? आजसम्म एउटा घर सम्म छैन । भर्खरै छोरा हुर्किदै छ मेरो लागि केही सोच्नुपर्दैन कमसेकम अब छोराको लागि त सोच्नु यता आएर पनि के गर्नु दिनानुदिन महङ्गी यस्तो छ ।

उ दु:ख पर्दा साथ कसैले दिदैनन यतिका समय भयो यता छुट्टीएर बसेको एक फेर नातिलाई कस्तो छ भनेर सोध्न सम्म आएनन अनि के भन्नुहुन्छ तिनीहरु लाई तपाईं ले आजको दिन सम्म कमाएको सवै दिदा पनि भएन । उनिहरुलाइ म उनिहरुको नोक्कर बनिदिनुपर्ने सधैं । उनिहरु कुरा काटेर दिन बिताउने । यस्तो पनि हुन्छ कहि ? तपाईं आफै सोच्नु म के भनु ? आफ्नी बुढिको यो गुनासो पनि एक हिसाब ले जायज नै थियोे राज्य निकम्मा हुँदै जादा तल्लो बर्गको परिवार भित्र चरम आर्थिक संकट आउँछ र परिवार नै बिचलनमा पर्छन तर कुनै पनि किम्मत मा राज्य यसको दोष लिने पक्षमा हुदैन । ल ल म केही समय बसेर केही गरुला भनेर बसन्तेले फोन राख्यो ।

उ एक्लो भयो सबैतिर अन्धकार भए झै भयो उसलाई । बसन्तेको भावना बुझ्ने कोहि भएन आफै सङ्ग हारे जस्तै भयो बसन्तेलाइ नचाहेर नै काम गरिरर्ह्यो सबैको खुशी को प्राथमिकता मा बस्यो उसको खुशी कहाँ छ उसैलाइ पत्तो भएन । यसरी पीडित भएर मन सङ्ग ब्यथा पोख्दै शिरानी भित्र आँसु थुपार्दै कयौं रात गुजारो बसन्तेले । जेनतेन घर बनिसकेको थियोे । तर उसको मन भने भत्किदै गएको थियोे कहिल्यै आफ्नो दुख कसैलाई भनेन बसन्ते ले जसलाइ भेटेपनी खिसिक्क हासिदिन्थ्यो यहि बिशेषता थियोे बसन्ते मा । शरिरभरी पिरको भारीले जिउ खाइसकेको धमिरा लागेको काठ जस्तो भएको उसको शरीर उसलाई मात्रै थाह थियोे ।

कम्पनी ले हजार चोटि अनुनय बिन्ती गर्दा पनि आज उसले काम लाई बिट मार्यो यसपटक कसैसङ्ग सल्लाह गरेन उसले किनकी उसलाइ आफ्नै भुमिमा मर्नु छ सवैको अगाडि मर्नु छ । काममा कहिल्यै सौदा नगर्ने बसन्ते ले काम छोडदा सारा साथीहरू भावबिबहल भए । कम्पनी बाट चाजोपाजो मिलाएर गएको बसन्ते ले मातृभुमी चुमेको केही दिनमै आफुलाइ कहिल्यै नआउने बाटो मा सारा जीवन बिसाइदियो । सारा कथा बिसाइदियो सारा सपना बिसाइदियो ।

#प्रस्तुत कथा एक काल्पनिक कथा हो कसैको जिबनमा मेल खान गएमा संयोग मात्रै हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation