
….उ अन्तरास्ट्रिय बिमानस्थल कुवेत बाट नेपालको लागि यात्रा तय गर्यो । भाष्करको तन आफु सङ्ग भए पनि मनलाई चाइ आफ्नो कन्ट्रोलमा ल्याउन सकेको थिएन । आफु कुवेतमा थियो तर उसको मन भने साउदी अरेबियामा रहेकि आफ्नी प्रेमिका सुस्मिता तिरै थियो । प्लेन मा बस्नु भन्दा अगि म अबको केहि बेरमै प्लेनमा बस्छु भनेर म्यासेज पठायो, र म्यासेज पठाएको १० मिनेटमा प्लेनमा बस्यो र फेरि पनि म प्लेनमा बसे है कान्छु भनेर म्यासेज गर्यो, बसेको ५/७ मिनेटमै प्लेनले कुवेत छोड्यो । प्लेन उडेको साढे चार, पौने पाँच घण्टा पछि त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल काठमाडौं मा प्लेन अवतरण भयो । भाष्करको मन भने सुस्मिता तिरै थियो । काठमाडौं पुगे पछि एरपोर्ट बाट बाहिर निस्किदा बित्तिकै सुस्मितालाई म्यासेज गर्यो, म सजिलै सङ्ग काठमाडौं आइपुगे मेरो के हि चिन्ता नलिनु आफ्नो ख्याल गर्नु है अब घर जानको लागि तयारी गर्छु घर पुगेपछी म्यासेज गर्छु ल भनेर आफ्नो जन्म थलो पाल्पा तिर लाग्यो ।
त्यसपछी नाइट बस चढेर भाष्कर घरतिर लाग्यो, जति बेला पनि सुस्मितालाई सम्झिनु भन्दा उसको मनमा अरु केही कुरा थिएन । सोच्दा सोच्दै उ घर पुग्यो, घर मा बुवा, आमा, श्रीमती, बच्चा अनि लाहुरे आयो रे भनेर तल माथी वारि पारिका मान्छे पनि आएर घरमा बसेका थिए उसलाइ हेर्न, सबै खुसिले गदगद भएको देख्यो र उ पनि एकदमै खुसी भएको प्रतिक्रिया देखायो तर मन भने खुसी थियन किनकी सुस्मिताले नै बोलाइरहेकी थिइन भाष्करको मनको कुनामा बसेर । बीस पच्चिस मिनेट जति बसेर सबैजना आ आफ्नो घर तिर लागे । अनि भाष्करले घर वाइफाइ को पासपोर्ट मागेर मोबाइल मा कनेक्ट गर्यो र के हि समय पछि भाष्करले सुस्मितालाई म्यासेज गर्यो, कान्छु म घर आएको आधा एक घण्टा भयो, भर्खरै मौका छोपेर तिमिलाइ म्यासेज गरेको नआत्तिनु है समय मिलायर तिम्लाइ फोन गर्छु, मैले म्यासेज नगर्दै तिमिले पनि नगर्नु किनकी बुडिले देखेपछी नराम्रो हुन सक्छ, सुस्मिताले भनिन हुन्छ बाबा म पनि बुझ्छु नि त्यो कुरा त ।
दिनहरु बित्दै थियो भाष्करको मन एकदमै आत्तिरहेको थियो सुस्मिताको बोली सुन्न, दुई चार दिन बितिसक्यो उसलाइ के गरम कता जाम र बोल्न पाउछु भनेर छटपटी भयो, दुई बर्षमा घर गएको भास्कर घर देखि बाहिर जान पनि झट्ट नमिल्ने, भेटघाटको लागि तल माथि आफन्तिको मा जानु पर्ने, सुस्मिता सङ्ग बोल्न नपाउदा यस्तो भएको थियो कि, “सधै भरी साथमा बसि रहने गाइ को बाच्छो एक्कासी आफ्नो माउ हराएर छटपटिएको जसरी उदास देखिदै गयो” उदास भएको देखे पछि उसको श्रीमतीले थाहा पाएर सोध्न लागिन, अस्ति भन्दा हिजो हिजो भन्दा आज हजुर किन यसरी निरास देखिनु भाको, भाष्कर झसङ्ग हुँदै भन्यो ल म किन निरास हुने हो र, घर मा आको छु घरमै बुवा आमा अनि तिमी र बच्चा सङ्ग बस्न पाउँदा म किन निरास हुन्थ्ये र एक दम खुसी छु, त जेनतेन भन्यो तर उसको मनमा भने पिरको भारी एति ठूलो भएको थियो कि, “आँखा ले हेरेर नभ्याउने पहाड जत्रो भैसकेको थियो ।”
त्यति भने पछि उसको श्रीमतीले बिश्वास गरिनन्, त्यो दिन भर त्यस्तै बित्यो र बेलुका खाना खाएर भाष्कर उसको श्रीमती र बच्चा भएर आफ्नो कोठामा सुत्नको लागि गए आफ्नो श्रीमान दु:खि भएको देखेर उनको मनले मान्दै मानेन र पुन: सोधिन हजुरलाइ के भाको छ भन्नुन म सङ्ग किन लुकाउनु हुन्छ कुरा, हजुरको दु:ख मेरो दु:ख होइन र ? आँसु झार्दै बिन्ती गरिन्, अब के गर्ने कसो गर्ने भयो भाष्करलाई र भन्यो म मुग्लान छोडेर त आए तर घर को परिस्थितिले मलाइ पिरोल्न लाग्यो, बिस्तारै बा आमा बुढा हुँदै जानुहुन्छ अनि हाम्रो बच्चा पनि ठूलो हुँदै जान्छ, खर्चका दिनहरु बढ्दै जान्छन त्यसैले मलाइ पिर लाग्दै गाको छ भनेर आफ्नो श्रीमतीलाई त्यही कुराले टार्यो तर सुस्मिता सङ्ग बोल्न नपाउदा “मन भित्र उर्लिएको भेल आँसु बनेर आँखा बाट बगाएको उसलाई मात्र थाहा छ ।” श्रीमती पनि रुँदै रुँदै भनिन पिर नगर्नु हाम्रो भाग्य यस्तै रहेछ एक दिन सब ठिक हुँन्छ भन्दै सान्त्वना दिइन ।
पाँचौ दिन भयो, उसले म आज जसरी भएपनी सुस्मिता सङ्ग बोल्छु बोल्छु भनेर अठोट लियो, के गर्ने सोचेर मात्रै पनि बोल्न नसकिदो रहेछ तर नबोली पनि मनले मानेको छैन, मनमनै प्लान बनायो र श्रीमतीलाई भन्यो, म साथीहरू सङ्ग भेट भएर आउछु है बोलाएका छन्, साथिहरुले भन्दै थिए के हो भेट पनि हुँदैनस त ठुलो भएको हो कि क्या हो त बिदेश बाट आएपछि, भन्दै झुट बोलेर भएपनी जेनतेन घर देखि बाहिर निस्कियो र घर देखि अलि टाढा पुगेर मोबाइलको डाटा अन गरेर आत्तिदै सुस्मितालाई फोन गर्यो । फोन त लाग्यो तर उठ्न भने समय लाग्यो अब उठ्ने भएन भनेर निरास भैसकेको थियो अन्तिम घण्टीमा चै फोन उठ्यो, उठ्दा बित्तिकै सुस्मिताले रुञ्चे आवाजमा बाबा भनेको के सुनेको थियो, “चैत बैशाखको खडेरीमा डढेलो लागेको बनमा पानी परेर हराभरा भएझै” भाष्करको मन मा पनि हरियाली छाए जस्तै भयो, यति खुसी भयो कि सब दु:ख पीडा भुले जस्तो भयो र रुँदै रुँदै भन्यो, कान्छु सन्चै छेउ अनि फोन उठाउन किन ढिला गरेको म कति डराएको थिए फोन उठ्ने भएन भनेर, म ड्युटी बाट भर्खरै आएर फ्रेस हुन बाहिर गएकी थिए त्यसैले ढिला भयो बाबा, सुस्मिताले भनिन ।
किन फोन नगर्नु भाको त, म एकदम एक्लि भएकि छु यो चार पाँच दिनमा म कहाँ छु के गर्दै छु भन्ने केही पत्तो पाइन बाबा, धेरै याद आएको छ हजुरको, हजुर मुग्लान मा बस्दा मेरो साथामा नभएर फोनमा बोल्दा पनि म हजुरकै साथमा छु जस्तो अनुभुब हुन्थ्यो, आजकल म यो दुनियामा एक्लि छु जस्तो मात्रै लाग्छ भनेर धुरुघुरु रुन लागिन, यो सब सुनी सके पछि भाष्करले भन्यो के गर्नु कान्छु घरमा त्यही त हो भनेको समयमा बाहिर निस्किन नपाइदो रहेछ, घरमा बाबुलाइ पनि हेर्नु पर्ने भएकोले भनेको समयमा बाहिर निस्किन नपाएर फोन म्यासेज नगरेको पिर नगर अब पुरानो हुँदैछु बिस्तारै बिस्तारै घर बाट म बाहिर निस्कने समय मिलायर तिमिलाइ फोन गरिहाल्छु नि रुँदै रुँदै भन्यो ।
कति बेला भाष्करले सुस्मितालाई सम्झाउने गर्थ्यो त कति बेला सुस्मिताले भाष्करलाई सम्झाउथिन । लगभग ३०/३२ मिनेट कुरा गरे पछि अब म पनि घर जानु पर्छ फेरि समय मिलायर फोन गर्छु है, सुस्मिताले भनिन् अब देखि छिटो समय मिलाएर फोन गरि हाल्नु है अनि आफ्नो ख्याल गर्नु धेरै मिस गरेकी छु, तिमी पनि पिर नगरी बस्नु म तिम्रै मनमुटुमा बसेको छु कतै गाको छैन भन्दै भाष्करले फोन राख्यो ।
बिस्तारै बिस्तारै भाष्करले घरमै भाको बेलामा मौका छोपेर म्यासेज गरि रहन्थ्यो, समय समयमा बाहिर गएर सुस्मितालाई फोन गरिरहन्थ्यो । समय बित्दै गयो घरमा बसेर मात्रै घर व्यवहार चलाउन गाह्रो हुँदै गयो भाष्करले गाउँ घरमै सानो तिनो जागिर गर्न थाल्यो, किनकी घरको अवस्था पहिले देखि नै कमजोर थियो, घरायसी समस्याले गर्दा पहिले जस्तो समय सुस्मितालाई दिन सकेन उता भने घरमा गएपछी मलाइ बिर्सनु भयो मेरो माया लाग्न छाडेछ त्यही भएर आज भोलि फोन म्यासेज पनि गर्न छोड्नु भयो भनेर सुस्मिताले म्यासेज गरिन । तर भाष्करको मनमा उ प्रतिको माया भने कहिल्यै पनि घटेको थिएन । त्यो म्यासेज देखे पछि भाष्करलाई “२२० भोल्टेजको करेन्ट लागेर कुइनासम्म झननन पार्दै टिपेर भित्तामा फालेर थुचुक्क बसे जस्तो भयो ।” त्यस्तो होइन नि कान्छु मैले तिमिलाइ पहिले नै भनेको होईन र जुन दिन मैले तिमिलाइ भुल्नेछु अनि माया गर्न छोड्ने छु सम्झिनु त्यो दिन म यो दुनियाँमा हुनेछैन्, भाष्करले रोएको इमोजी सहितको म्यासेज गर्यो ।
भाष्करलाई घर व्यवहारले झन पछि झन च्याप्दै गयो, सुस्मिता सङ्गको कुरा पनि एकदम पातलिदै गयो, भाष्करले समय समयमा म्यासेज गर्थ्यो तर रिप्लाई समयमा नआउदा यता घरको व्यवहारले पिरोल्थ्यो त्यही माथी सुस्मिता सङ्ग बोल्न नपाउदा दिन प्रती दिन दु:खि हुँदै गयो । त्यस पछि बिचमा भाष्कर र सुस्मिताको लामो समय सम्म कुरा भएन, फोन गर्ने समय नमिले पनि भाष्करले माया गर्न भने कहिल्यै छोडेको थिएन । मुग्लान न जाने निदो गरेर नेपाल फर्केको भाष्कर गाउँ घरमा गरिरहेको जागिरले खाना खान समेत गाह्रो हुन थालेपछी स्वदेश मै बसेर के हि गर्छु भनेको मान्छे फेरि पनि उस्को दिमागमा त्यही मुग्लान भन्दा अरु के हि सोच्न सक्ने क्षमता भएन र अन्तत घरमा सल्लाह गरेर मुग्लान जाने निर्णय गर्यो ।
मुग्लान जाने निदो गरिसके पछि प्रोसेसिङमा लाग्यो नभन्दै भाष्करको भिसा त लाग्यो तर कहाँ लाग्यो आफ्नै प्रेमिका सुस्मिता भएको ठाँउ साउदी अरेबिया मा । “जब गरिब मान्छेको भाग्य खुलेर चिट्ठा पर्दा जति खुसी हुँन्छ नि त्यो भन्दा पनि चार गुणा धेरै खुसिले मनमनै गदगद भयो भाष्कर ।” खुसी त भयो तर बिडम्बना को कुरा के थियो भने, भाष्कर र सुस्मिताको कुरा नभएको करिब एक बर्ष भएको थियो होला । मुग्लान जानको लागि टिकट आइसके पछि सुस्मितालाई म्यासेज गर्यो म फेरि आफ्नो देश छोडेर मुग्लान आउन लागेनी, म्यासेज को रिप्लाई भने एक दिन पछि आयो, त्यो पनि “ए हो र ?” मात्रै, भाष्करले सोच्यो सुस्मिता म सङ्ग रिसाइछ्न त्यसैले पहिला बोले जस्तो राम्रो सङ्ग बोलिनन्, फेरि म्यासेज गर्यो र भन्यो म सङ्ग रिसाएको हो तिमि ? तिमी म सङ्ग रिसाउनु स्वभाबिक हो, तिम्रो ठाउँमा म भएको भए पनि साएद यहि नै गर्थे होला तर मेरो घरायसी समस्याले गर्दा तिमी सङ्ग बोल्न कुरा गर्न नसकेको मात्रै हुँ, तर म तिमिलाइ अझैसम्म पनि पहिलेको जस्तै साचो माया गर्छु ।
भाष्करले भन्यो एक पटक सोध्न पनि सोधिनौ त कहाँ आउदै हुँनुहुन्छ भनेर, उसले आफै भन्यो म तिमी भाकै ठाउँ मा आउँदै छु साउदी अरेबिया । सुस्मिताको म्यासेज आयो ए होर ठिकै छ राम्रो सङ्ग आउनुहोला र अन्तिममा अर्को एउटा म्यासेज आएको नोटिफिकेसन को घण्टी बज्यो र भाष्कर खुसी हुँदै म्यासेज हेर्यो तर म्यासेजमा लेखिएको थियो, “जे हुनु थियो भयो अब पहिलेको कुरा बिर्सीसके मैले हजुरले पनि पहिला जे भयो सबै बिर्सिनु” भनेको सुने पछि भाष्कर “ब्लड प्रेसर हाई भएर प्रेसरले टाउकोमा हाने पछि एक हर पुरै काम नलाग्ने गरि प्यारालाइसेस भएर बोली नआएजस्तो एकोहोरो भै नि:शब्द भयो” र रुनु बाहेक “उसको दिमागको शब्द कोष बाट शब्द नै नभएको जसरि के हि नबोली चुपचाप सुनिरह्यो केवल दु:खि मात्रै भयो ।” जे भए पनि उसलाइ मुग्लान आउनै थियो र आयो पनि तर जति मनमा खुसी छाएको थियो आफ्नी प्रेमिका भएको ठाउँमा आउँदा एउटै म्यासेजले उ छाँगो बाट खसे झै भयो र निरास मात्रै भयो ।
आएको भोलि पल्ट भाष्करले सुस्मितालाई फेरि म्यासेज गर्यो किनकी सुस्मिताले माया मारे पनि भाष्करले भने माया मार्नै सकेको थिएन, सुस्मिताको पहिले जस्तै माया पाउछु भन्ने आस एक म्यासेजले निरासामा बदलिदियो । भाष्कर झन दु:खि हुँदै बस्नु सिबाए अरु कुनै विकल्प थिएन । सुस्मिताको टिकटक भिडियो मा देखिएको ह्यासट्याग मा साउदी अरेबियाको झण्डा राखेर भिडियो पोस्ट गर्ने भएकाले भाष्करले साउदी अरेबिया को झण्डा देख्दैनथ्यो, प्रत्येक झण्डामा सुस्मितालाई मात्रै देख्दथ्यो ।
केही दिन पछि भाष्करले सुस्मिताको मोबाइल नम्बरमा फोन गर्यो, सुस्मिताले फोन उठाउदै भनिन्, को बोल्नु भाको ? म भाष्कर, अनि सन्चै छेउ, हजुर म ठिक छु, राम्रोसँग आउनु भयो, ड्युटी लाग्नु भयो कि नाइ ? भाष्करले भन्यो, म पनि सन्चै छु, ड्युटी त लागेको छैन अझै, किन नलाग्नु भाको आज सम्म पनि, अनि खान बस्न समस्या भाको होला है भनीसके पछि भाष्करको मनमा के हि आसा पलायो अहिले पनि मेरो ख्याल गर्दी रहेछिन सुस्मिताले तर उसलाइ थाहा छैन कि उनले त आफ्नो कर्तव्य मात्र पूरा गरेकी हुन यो कुरा गरेर । सुस्मिताले भनिन अब म केही दिनमा घर जादै छु राम्रो सङ्ग बस्नु होला, हुँन्छ मेरो फोन आएको छ घर देखि पछि बोल्छु ल बाइ भनेर फोन राखिन ।
भास्करले ठूलो आसा बोकेर आएको थियो, साउदी अरेबिया आए पछि के हि नभए पनि सुस्मिता छिन मलाइ धेरै सहारा मिल्नेछ भन्ने सापना पनि सपना मै सिमित रह्यो । “अभागी खप्पर जहाँ गयो त्यहीँ ठक्कर” भने झै जति आफुले कल्पना गरेको थियो त्यसको ठ्याक्कै उल्टो हुन गयो, उ झन पछि झन एक्लोपन को महसुस गर्दै निरास भएर रुनु भन्दा अरु के हि पनि सोच्न सकेन । जे भएपनी आफुले माया गरेको मान्छे हो सुस्मिता उनले मलाइ माया नगरेपनी म त गर्छु नि मनमनै भन्यो, त्यसको केही दिन पछि फोन हान्यो र भन्यो सुस्मिता सन्चै छेउ अनि कता छेउ अहिले रुममा कि ड्युटी मा ? सुस्मिताले भनिन मैले हजुरलाइ भनेकी थिए त अब केहि दिनमा घर जादै छु भनेर, भाष्करले भन्यो उम भनेकी थियौ बिर्सेको छैन, सुस्मिताले भनिन म त अहिले एएरपोर्टमा छु नेपाल जान लागेकी छु, त्यो कुरा सुन्दा बित्तिकै “राती नराम्रो सपना देखेर एउटा मान्छे जस्तो देखिने प्राणिले घाँटी च्यापेर जति बोल्छु भन्दा पनि बोलि नाअएर मार्नै लाग्दा छटपटाउदा सम्म छटपटाएर बल्ल बल्ल भागेर बाचेको मान्छे झसङ्ग भएर ब्युझिन्छ” नि हो त्यसरि नै झसङ्ग भयो भाष्कर ।
एक छिन त बिस्वास गर्नै सकेन र भन्यो ए कान्छु म सङ्ग झुट किन बोलेको, “मेरो घाउ लागेर छिया छिया भएको मुटुमा नुन खुर्सानी हालेर मलाइ तड्पाउन हो” भन्दै थियो, एक छिन है म एएरपोर्ट भित्र छिर्न लागेकी छु वेटिङ रुममा पुगेर फोन गर्छु भन्दा बित्तिकै फोन कट्यो । त्यति भनी सके पछि भाष्करले बिश्वास गर्न बाध्य भयो । उनको फोनको पर्खाइमा बसेको भाष्कर केही समय त बाटो हेर्यो अह फोन म्यासेज के हि आएन र सुस्मितालाई म्यासेज गर्यो, खोइ त फोन गर्छु भनेर फोन गरिनउ अनि म्यासेज पनि गरिनउ त्यही भएर मैले म्यासेज गरेको, एक छिन पछि रिप्लाई आयो, म बिजि थिए तेहि भएर म्यासेज गर्ने समय नै मिलेन फेरि पनि म्यासेज फोन गर्ने समय मिल्ला नमिल्ला हजुर राम्रो सङ्ग बस्नु होला है, अब हाम्रो भेट त हुन्छ कि हुँदैन थाहा छैन म हजुरलाइ सधै मिस गर्नेछु आफ्नो ख्याल गर्नु भने पछि म्यासेज आएन, भाष्कर यति धेरै दु:खि भयो कि “जब नौ नौ महिना आफ्नो कोखमा राखी एउटि आमाले सन्तानलाई जन्म दिन्छिन र एक दुई महिना पछि बच्चा स्वार्थी भइ त्यति दु:ख गरेर जन्म दिएकि आमा र सुन्दर संसारलाइ छोडेर गए पछि त्यो आमालाइ जति पीडा हुन्छ नि” हो त्यो भन्दा कम पीडा भएन भाष्करलाई ।
भाष्करले रुदै रुदै म्यासेज गर्यो राम्रो सङ्ग जानु है कान्छु शुभ यात्रा अनि काठमाडौं पुगेपछी र घर पुगेपछी पनि म्यासेज गर्नु ल भनी म्यासेज गरेर छोडेको थियो, भोलि पल्ट सुस्मिताको म्यासेज आएको थियोे एक दमै उत्सुक भएर म्यासेज हेर्यो र म्यासेज मा लेखिएको थियो, “म काठमाडौं आइ पुगे, अब मलाइ म्यासेज नगर्नु है अब म मेरो बुढो सङ्ग हुन्छु” त्यो दिन देखि भाष्करले म्यासेज गर्न छाड्यो किनकी सुस्मिताको घर बिगार्न चाहादैनथ्यो । भाष्कर साउदी अरेबिया आएको एक महिना नपुग्दै सुस्मिताले उसलाइ सधै को लागि एक्लो बनाएर गइन । उ सङ्ग अब छ त केवल याद मात्रै, झझल्को मेटाउन सुस्मिताको टिकटक भिडियो हेरेर मन बुझाउन खोज्थ्यो तर मनले कहाँ मान्थ्यो र “जब पानी लाई आगोमा भतभती उमालेर बाफ झरेको हुन्छ नि” हो त्यस्तै गरि सुस्मिताको सम्झनामा भाष्करको आँखा बाट सधै आँसु खसिरहन्छ । आस भन्दा ठुलो कुरा के नै हुँदो रहेछ र अहिले पनि हातमा मोबाईल लियो भने पहिला व्हाट्सप हेर्छ कतै सुस्मिताको म्यासेज आएको पो छ कि तर अहिले सम्म आएको छैन र फेरि दु:खि हुन्छ । भाष्करले सुस्मितालाई पहिले पनि माया गर्थ्यो अहिले पनि गर्छ र सधै भरी माया गरिरहने छ, के अब सुस्मिताले पनि भाष्करलाई माया गर्लिन त ?
यो एउटा काल्पनीक कथा र काल्पनिक पात्र मात्रै भएकाले कसैको जीवन सङ्ग मेल खान गएमा संयोग मात्र हुँनेछ ।
बरु मेरो यो लेख कस्तो लाग्यो राम्रो या नराम्रो जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला ता कि आउने दिनहरुमा अझै राम्रो लेख्ने प्रयास गर्नेछु र मुग्लानमा बिछोडिएको प्रेम कथा – भाग एक, दुई र तीन पढेर कस्तो लाग्यो राम्रो लाग्यो भाग – चार पनि चाहिन्छ भन्ने चाहानुहुन्छ भने पक्कै पनि भाग चार ल्याउने कोसिस गर्नेछु, धन्यवाद ।