
…..यसरी दिन प्रती दिन भाष्कर र सुस्मिताको लाइभमा धेरै कुरा हुन लाग्यो, एक दिन भाष्करले टिकटकमा व्यक्तिगत संदेश पठायो र सुस्मिताले पनि म्यासेज को रिप्लाई दिइन, त्यस पछि सबै कुरा आदान प्रदान हुँदै गयो । कुरा हुँदै जादा भाष्करले सोध्यो, हजुर बिबाहित हो, उनले भनिन हजुर हो नि म बिबाहित हो, अनि हजुर ? भाष्करले भन्यो म पनि बिबाहित हो । त्यस पछि त्यो शिर्षकको सम्बाद त्यही पुर्ण बिराम लाग्यो । अनि अरु अरु कुरा हुन थाल्यो, भौतिक दुरि टाढा भए पनि दिन प्रतिदिन सम्बन्ध नजिक नजिक हुँदै गयो । एस्तो सम्म अवस्था आयो कि भाष्कर ड्युटी मा भाको समयमा पनि सुस्मिता को म्यासेज कती बेला आउला भनेर ड्युटीमा मोबाइल हेर्न नमिल्ने भएका कारण कति बेला चिया खान जाने, कति बेला वासरुम जाने त कति बेला स्टोरमा जाँदै लुकि लुकि कुरा गर्ने गर्दथ्यो ।
टिकटकमा म्यासेज मात्रै हुने भएकोले सुस्मिताको बोली सुन्न र उसलाइ भिडियो कल मार्फत हेर्न पाइयोस भनेर फोन नम्बर माग्ने मनमनै प्लान बनायो तर नम्बर माग्नको लागि चै उ एक दम डराएको थियो, एक दिन डराइ डराइ सुस्मितालाई भन्यो, सुन्नु न हजुरले नराम्रो मान्नुहुन्न भने एउटा कुरा भन्छु नरिसाउनु ल, सुस्मिताले आस्चर्य मान्दै भनिन के कुरा हो भन्नू न, सुस्मिताले अनुमती दिएपछी भाष्करले भन्यो हजुरको नम्बर दिन मिल्छ भने दिनुन है, सुस्मिताले हासेको इमोजी पठाउदै भनिन एत्ति कुरामा पनि किन रिसाउने होर, भनेर आफ्नो मोबाइल नम्बर पठाइन ? भाष्कर मनमनै एकदमै खुसि भयो । बरु मलाइ हजुर तपाईं नभन्नु तिमी अथवा त भन्नु ल सुस्मिताले यो भनेको सुनेर भाष्करले हुन्छ म प्रयास गर्छु किनकि मैले नचिनेको मान्छेलाइ “त” भन्न त सात कोष टाढाको कुरा, तिमी भन्न पनि अप्ठेरो लाग्छ ।
सुस्मिताको नम्बर हतार हतार आफ्नो मोबाइलको किप्याड मा डाएल गर्यो र सेभ गर्यो सेभ गर्दा बित्तिकै व्हाटसप मा एड भएको देखायो अनि व्हाटसमा सुस्मिता जि नमस्ते भनेर म्यासेज गर्यो । १०/१५ मिनेट पछि म्यासेजको रिप्लाई आयो, हजुर नमस्ते मैले चिनेन नि हजुरलाइ, म भाष्कर चिन्नु भएन ? ए भाष्कर हजुरको व्हाटसप नम्बर हो यो, उसले भन्यो हजुर मेरो हो । अनि के कुरा गर्ने कसरी कुरा गर्ने भन्ने अबसोसमा पर्यो, एक दिन हिम्मत गरेर अडियो कल गर्यो चार पाँच पटक घण्टी बजे पछि सुस्मिताले भाष्करको फोन उठाइन र भाष्करले भन्यो नमस्ते हजुर, उनले पनि जस्ताको त्यस्तै रिप्लाई दिइन नमस्ते हजुर ।
अडियो कलमा धेरै दिन कुरा भैसके पछि भाष्करले भिडियो कल गर्ने निर्णय लियो, हात कमाइ कमाइ भिडियो कल गर्ने प्रयास गर्यो र उ भिडियो कल गर्न सफल भयो । पहिले देखि अडियो कल मा कुरा भैरहेको हुनाले अहिले भने सुस्मिताले २/३ घण्टी बज्दा बित्तिकै फोन उठाइन । सुस्मिता के छ, के गर्दै हुनुहुन्छ, फोन गरि हाले हजुरको बोल्ने समय मिल्छ कि नाइ भनेर भाष्करले एक दमै माया लाग्दो स्वरमा सोध्यो, सुस्मिताले भनिन हजुरले फोन गरेपछी पनि बोल्न नमिल्ने, अनि समय मिलाउन नसक्ने हुन्छ र हजुर ? किनकी उनिहरु टिकटक मा म्यासेज अनि व्हाटसपमा पहिले अडियो कल मार्फत एति धेरै नजिक भएका थिएकि, उनिहरु बिचको सम्बन्ध मुना र मदनको माया प्रेम जस्तो भैसकेको थियो ।
भिडियो कलमा एक नजर देख्दा बित्तिकै प्रसंम्सा गर्न थाल्यो, कति राम्री है हजुर त, झन हजुरको मुस्कानको त व्याख्या गर्ने मेरो दिमागको डिस्नेरिमा भएको शब्दकोषमा कुनै शब्द नै छैन । सुस्मिताले भनी हजुरको हेर्ने नजर राम्रो भएर सबै राम्रो देख्नु भाको होला, अनि हजुर पनि कति हाँसी रहनुहुदो रहेछ हेरि रहु लाग्ने, थाहा छ मलाइ हजुर कति धेरै मन पर्छ, ए हो र मलाइ पनि हजुर असाध्यै मन पर्छ नि हतारिदै भाष्करले भन्यो । अनि दिन दिनै एसरि नै कुरा हुँदै गयो, एक दुई महीना हासी खुसी कुरा भयो फोनमा घण्टौ घण्टा बोलेर न त भाष्कर अघाउथ्यो न त सुस्मिता नै अघाउने, एक दुई रात त यस्तो सम्म पनि भयो कि भिडियो कल गर्दा गर्दै निदाउने र बिहान सम्म पनि भिडियो मै हुने र बिस्तारै आफ्नो समस्या र बाध्यताको कुरा सुरु हुन लाग्यो । सुस्मिताले मुग्लान पस्नु आफ्नो धेरै ठूलो घरायसी समस्या भएको बताइन, भाष्कर पनि त्यही नै समस्याले मुग्लानी हुन परेको बतायो ।
सुस्मिताले भनिन मेरो स्वास्थ्य अवस्था पनि धेरै नाजुक भाको छ आजभोली, घरमा पनि त्यति राम्रो सङ्ग कुरा हुन छोडेको छ, मलाइ त बाच्न मन पनि लाग्न छाडी सक्यो, यो कुरा सुन्दा बित्तिकै भाष्कर को मन एक दमै नराम्रो भयो । उ त्यतिन्जेल खुसी हुँदै फोनमा बोलेको कुरा सब खल्लो मान्यो र त्यो कुरा सुनिसके पछि भाष्करले मन सम्हाल्न सकेन उसको आखा भरी आँसु भयो । अर्को अचम्मको कुरा आजसम्म कहिल्यै आँखा बाट आँसु नझारेको भाष्कर सुस्मिताको कुरा सुनेर पहिलो पटक आँखा बाट आँसु झार्यो । यानिकी सुस्मितालाई त्यति धेरै माया गर्न थालेको रहेछ, भनिन्छ नि छोरा मान्छे सित्तिमित्ती रुदैन र जब कुनै केटिको लागि रुन्छ नि उसले जति माया कसैले गर्दैनन ।
भाष्करको आखामा कहिल्यै आँसु नदेखेकी, सधै उसको अनुहारमा हासो र खुसी बाहेक अरु केही नदेखेकि सुस्मिताले आत्तिदै भनिन ल किन रुनु भाको ? हजुर रोएको अहिले सम्म देखेकी थिइन, आज अचानक के भयो हजुरलाइ ? अनि छोरा मान्छे भएर पनि रुन्छन र ? भाष्करले भन्यो, किन छोरा मान्छेको मन हुँदैन र त्यस माथी म आफुलाइ भन्दा धेरै माया गर्छु तिमिलाइ, उसले के गरे के बोले सम्म थाहा पाएन, मनमा बज्रपात परे झै भयो र सुस्मितालाई तिमी भनेर सम्बोधन गर्यो । जब तिमिले बाच्न पनि मन छैन भन्यौनी तब मेरो मनमा एक दमै पीडा भयो, म आफुले आफुलाइ सम्हाल्न सकेन, डाको छोडेर रुन मन लागेको थियो तर के गर्नु रुममा भएका साथिहरुले नराम्रो मानेर के हि सोच्लान भनेर सुख्ख.. सुख्ख… रुदै आँखा भरी आँसु लिन बाहेक के हि सकेन ।
त्यस दिन देखि जति बेला भिडियो कलमा कुरा हुन्थ्यो दुबै जना सधै रुने गर्थे । भाष्करले सुस्मितालाई देख्दा बित्तिकै मन सम्हाल्नै सक्दैनथ्यो र उसको आँखा बाट आँसु झरी हाल्थ्यो । सुस्मिताले पनि आफु भन्दा धेरै माया गरेको मान्छे रोएको हेर्न कहाँ सक्थिन र भाष्करको आँखा बाट डलबल डलबल गर्दै झारेको आँसु देख्दा बित्तिकै उनि पनि आफ्नो मन सम्हाल्न नसकेर रोइ हाल्थिन । अनि सुस्मिताले भनिन हजुर र म सङ्गै नभएता पनि एति धेरै माया दिनु भयो कि मैले मेरो बिगतलाइ बिर्सिसकेकी थिए हजुर सङ्ग बोल्न पाउँदा मेरा सब दु:ख पीडा बिर्सिन्छु आजसम्म कति खुसी भए त्यो त म कल्पना गर्न पनि सक्दिन । “भनिन्छ नि माया भनेको एउटा महसुस गर्ने कुरा हो जुन मैले हजुरबाट महसुस गर्न पाए ।” अब देखि हजुर नरुनु है भन्दै भाष्कर सङग बिन्ती गरिन र भाष्करले भन्यो ठिक छ म अब देखि रुदिन तर एउटा सर्तमा तिमी पनि कहिल्यै दु:खि हुनु हुँदैन, सुस्मिताले भनिन, हुन्छ म रुदिन ।
भाष्करले सुनेको मात्रै थियो “जब जब दिलमा चोट लाग्छ नि, हाँस्दा हाँस्दै पनि आँखा बाट आँसु झरेको पत्तो हुँदैन तर उसलाइ त्यही भयो” जति मन सम्हाल्छु भनेर कोसिस गरे पनि “मन खै कता बाट भक्कानिएर बर्खामा झरी लागेझै आँखा बाट आँसु झरी हाल्थ्यो” उसको मन एकदमै कमजोर भयो । “जब मान्छेको हातको औलामा चोट लागेको बेला सम्हाल्छु भन्दा भन्दै पनि कतै न कतै ठेस लाग्छ” हो त्यस्तै नै भयो भाष्करलाई सानो सानो कुराले पनि मनमा ठेस लागि हाल्थो र आँखा बाट आँसु झरिहाल्थ्यो, आफुलाइ सम्हाल्न नसक्ने भयो । सुस्मिताको हालत पनि त्यस्तै नै भएको थियो, “मुखले मात्रै रुदैन भनेर कहाँ हुन्थ्यो र, पिडाले अचानो झै छिया छिया भएको मन सम्हाल्न त्यति सजिलो कहाँ थियो र ?” भाष्करले सबै कुरा बुज्थ्यो तर पनि उ खुसी भएको हेर्न चाहान्थ्यो ।
फेरि भिडियो कलमा कुरा हुन थाल्यो एक अर्काले दु:ख पीडा भुलाउने कुरा गर्दथे, त्यही पनि मनले मान्दैनथ्यो र दुबै जना रोइ हाल्थे । सुस्मिताले भन्थिन हजुर र म साथमा भएको भए कति खुसी हुन्थ्यौ होला है, भाष्करले पनि भन्यो उम के है,, भगवानले हामिलाइ पहिला किन भेट गराएनन जस्ता धेरै कुरा हुन्थ्यो एक दिन सुस्मिताले भाष्करको उपनाम आफैले नामाकरण गरेर सम्बोदन गरिन “बाबा मलाइ हजुर सङ्ग भेटेर हजुरको अङ्गालोमा बेस्सरी कस्सिएर एक दिन भरि रुन मात्रै मन लागेको छ” के यो सम्भब छ ? भाष्करले सुस्मितालाई सान्त्वना दिदै भन्यो, किन संभव नहुनु असम्भव यो दुनियाँ मा के हि छ र कान्छु ? उसले पनि सुस्मितालाई उपनाम दिएरै भन्यो ।
बिस्तारै बिस्तारै फेरि के हि रमाइला कुरा हुन थाले । हामी जसरी भएपनी जुनसुकै हालतमा पनि भेट हुनु पर्छ है भनेर दुबै जनाको सल्लाह भयो । फेरि पनि हाँसी खुसी कुरा हुन लाग्यो, भाष्कर कहिले काहीँ सुस्मिता सङ्ग जिस्किदै भन्ने गर्थ्यो कान्छु म पनि अब त्यही तिमी भएको ठाउँमा आउँछु है, कुवेत बाट घर जान्छु अनि साउदी अरेबिया आउछु, सुस्मिताले भाष्करलाई सल्लाह दिन्थिन, बाबा धेरै मुग्लान मात्रै बसेर हुँदैन नि, अब घर जानु अनि आफ्नो घर परिवार सङ्ग रमाएर आफ्नै देशमा बसेर के हि गर्नु पर्छ । भाष्करले भन्यो हुँन्छ तर तिमि पनि फर्किनु पर्छ आफ्नै देश हुँन्छ नि, उनले भनिन होईन बाबा म त कति सम्म बस्छु थाहा छैन, घरमा धेरै समस्या छ, यो कुरा सुनेर फेरि निराश भयो भाष्कर, तिमी पनि त जानु पर्यो नि कान्छु जे गरे पनि आफ्नै गाउँ ठाउँमा गर्नु पर्छ भनेपछी हुन्छ सम्म भनिन ।
हेर्दा हेर्दै कति छिटो भाष्करको फेरि पनि दुई बर्ष बितिसकेछ उसले पत्तो नै पाएन भिसा सकियो उ गहिरो सोचमा पर्यो उसले एक मन सोच्यो अब मुग्लान कति बस्नु नेपाल गएर के हि न के हि गर्छु र घर परिवार सङ्गै बस्छु, अर्को मनले सोच्यो घर परिवार पनि उसैले हेर्नु छ यहि बसेर पैसा कमाउछु तर उसको मन भने सुस्मिता तिरै थियो र अर्को मनले भन्यो साउदी अरेबिया जान्छु सुस्मिता भएको ठाँउमा । यति कुराको मनमनै निर्णय गरि सके पछि सुस्मितालाई फोन गर्यो र भन्यो, कान्छु म छुट्टी गएर आएको पनि कति छिटै दुई बर्ष बितिसकेछ, मेरो भिसा पनि सक्किसकेछ, तिमी सङ्ग कुरा गर्न सुरु भए देखि एति छिटो समय बितेछ मैले पत्तै पायन, के भनेको थियो उनी डाकै छोडेर रुन लागिन र भनिन हजुरले पनि अब मलाइ एक्लै पारेर जानुहुन्छ म कस्को लागि के आसमा कसरि बाच्ने ? यो कुरा सुनेपछी भाष्करले पनि आफ्नो मन सम्हाल्नै सकेन र धुरुघुरु रुन थाल्यो ।
अन्तत भाष्करले नेपाल जाने निर्णय गर्यो, “मुटु माथी ढुङगा राखे जसरी मन कठोर बनाएर आँखा भरी आँसु लिदै सुस्मितालाइ भन्यो” म नेपाल जाने निर्णय गरे अब तिमी पनि छिटै मुग्लान बाट फर्किनु है अनि नेपालमै भेट हुने ल, तर भाष्करको कारणले त्यति धेरै खुसी भएकि फेरि पनि पहिले जस्तै दु:खि देखिन लागीन, जती बेला पनि उनको आँखा मा आँसु भन्दा के हि थियन । भाष्कर पनि खुसी त कहाँ थियो र अबको उसको काम भनेको सुस्मितालाई सम्झाउने, बुझाउने र कन्भिन्स गर्नु थियो । तिमिलाइ मैले अहिले जस्तो मायाँ गर्छु त्यो मायाँ कहिल्यै कमि भएको महसुस हुन दिने छैन, म घर गएपनी मेरो मन मा तिमी प्रतिको माया कहिल्यै घट्ने छैन, यहाँ जस्तो फोन गर्ने समय त नमिल्ला तर जसरी भएपनी समय मिलायर म तिम्लाइ फोन गर्छु, म प्रतिको बिश्वास कहिल्यै नघटाउनु, तिमिलाइ कहिल्यै बिर्सिन सक्दैन यदि तिमीलाई बिर्सिने दिन आएछ भने सोच्नु कि म यो दुनियामा हुने छैन जब सम्म यो संसारमा हुन्छु तिमिलाइ सधै यस्तै माया गरिरहन्छु यस्तै यस्तै धेरै कुरा लगभग ३५/४० मिनेट सम्म सम्झाउने कति प्रयास गर्यो तर पनि भास्करले सुस्मितालाई सम्झाउनै सकेन ।
सम्झाउन नसके पछि भाष्करको आँखा बाट झन धेरै आँसु झर्न थाल्यो र सुस्मिताले भनिन बाबा मलाइ कहिल्यै न बिर्सनु है यो सुनेपछी उ झन रुन थाल्यो र भन्यो मैले भनी सके त तिमिलाइ बिर्सिन त मैले यो दुनिया छोड्नु पर्छ, के मेरो बिश्वास लाग्दैन तिमिलाइ, यति भनी सकेपछी सुस्मिता रुन अल्लि कम भयो । यति कुरा भैसके पछि भाष्कर नेपाल जाने दिन नजिकिदै गयो अन्तमा उसको टिकट पनि आयो र सुस्मितालाई भन्यो मेरो टिकट आयो कान्छु अब म जानु पर्छ, धेरै पिर नगर्नु म सधै तिम्रै मुटुमा बसेको हुन्छु त्यो तिम्रो मन मुटु बाट कहिल्यै पनि न निकाल्नु है । सुस्मिताले भनिन के भन्नु भाको हजुरले एस्तो, हजुरलाइ मन मुटु बाट निकाल्न त मेरो मुटु नै निकाल्नु पर्छ, म हजुरलाइ बाचुन्जेल माया गरि राख्छु मेरो मन मुटुमा सधै सजाएर राख्छु । हजुरले पनि नबिर्सनु है, भाष्करले भन्यो मैले पनि मेरो मनमा तिमिलाइ सधै सजाएर राख्छु ।
आजको दिन देखि भाष्करले कुवेत लाई सधैका लागि बिदा गरेर जाँदै छ । हिड्नु भन्दा के हि समय पहिला सुस्मिताको फोन आयो, उनले रुदै रुदै भनिन “बाबा राम्रो सङग जानु होला है, काठमाडौं पुग्दा बित्तिकै फोन गर्नुहोला फोन गर्ने समय मिलेन भने म्यासेज मात्रै भएपनी गर्नु है अनि घर पुगेपछी पनि म घर आइपुगे भनेर म्यासेज गर्नु है, अहिले म ड्युटी जान हतार भयो फोन राख्छु है, बाइ बाबा सुभ यात्रा” भाष्कर उनी बोलेको सुनेर रुने भन्दा अरु के हि कुरा गरेन र अन्तिममा भन्यो हुन्छ तिमी पनि आफ्नो राम्रो सङग ख्याल गर्नु धेरै पिर नगर्नु म पुग्दा बित्तिकै संभव भए फोन नभए म्यासेज गरि हाल्छु भने पछि फोन काटियो । क्रमशः…….