
प्यारी बुनु सप्रेम सम्झना । कुशल छु कुशलता को कामना गर्दछु । गन्तव्य हिन यात्राको बिचबाट टोलाइरहेका आँखा ले भत्किएका मनहरु बाट यो पत्र लेख्न गइरहेको छु ।
प्यारी बहिनि मानव सभ्यताको बिकास संगै बिकास हुँदै गएको अत्याधुनिक प्रणालीले हामी सबै लाई नजिक जोडेकै छ एक निमेष भरमै सन्सार देख्न सुन्न र त्यसको बारेमा जानकारी लिन त्यो पनि एउटा कोठामा बसी सहजै प्राप्त गर्न सकिन्छ । तथापि एकै ठाउँमा बसेको अनुभूति लाई यसले जित्न सक्दैन । प्यारी बहिनी जब जब पर्व हरुको आगमन हुन्छ तब तब यी मन हरु यसरी फाट्छ कि जसरी दुध मा अमिलो पर्दा दूध फाट्छ नि त्यसैगरी यो मन फाटेको हुन्छ बल्लतल्ल समालेर राख्नु को विकल्प म सङ हुदैन । प्यारी बहिनी दसैं को आगमन ले जलाएको यो मन जसोतसो बिदाइ गरेर पठाएको थिए यहि बिचमा अनपेक्षित रुपमा तिमिले प्रेसित गरेको मेसेन्जर मार्फत आएको पत्रहरुले आज मन फेरि एकतमास को बनाएको छ ।
बुनु सामान्य कुराकानी र सन्देश हरु आइरहने यो मेसेन्जर मा आज निकै बेर लगाएर पढनुपर्ने मेसेज देखेर अनौठो मात्रै होइन आफुले आफैलाइ हारेको अनुभुति गर्न पनि बाध्य भएको छु । प्यारी बुनु हरेक पर्बहरु हाम्रा अमुल्य निधि हुन ती पर्बहरु लाई सजाउदै अपनाउन पाउनु हाम्रो अहोभाग्य हो तर सबै समय एक नाश कहाँ हुदो रहेछ र ? ।
प्यारी बहिनी तिमिले लेखेको पत्रको केही अंश यहाँ प्रस्तुत गर्न बान्छनिय ठानेको छु । दादा दशै पर्बमा राखिएको जमराले हजुर लाई कति पर्खियो त्यसको जवाफ म सङ छैन त्यो दसैलाइ हजुर बिनाको अपुरो भएको अनुभव गर्दै बिदाइ गरे त्यो पनि अब तिहार मा त मेरो दाज्यु जसरी पनि आउनुहुन्छ भनेर । दाइ हजुरको तिहार मा अनिवार्य उपस्थिति को बाचा मैले भुलेकी थिइन हजुर ले अघिल्लो बर्ष भन्नुभएको थियो बुनु आगामी बर्स त्यो मखमलिको माला ओइलाउनु दिने छैन । बहिनि सङै खोलाको छेउमा गएर कमेरो माटो ल्याएर घर पोत्ने घर सजाउने मेरी बहिनी लाई पुतली जस्तै रंगीचंगी बनाएर सजाउछु भनेर ।
अनि सबै जना सङ मिलेर देउशी भैली खेल्ने भनेर अनि लिङ्गेपिङ मा तिमिलाइ राखेर जोड ले हल्लाइदिन्छु भन्नुभएको थियो अनि प्यारी बहिनिको हात बाट कहिल्यै नसुक्ने तेल को धारा भित्र बसि सप्तरङि टिकाको साथमा कहिल्यै नओइलाउने गोदावरी फुलको मालाले सझिउला भन्नुभएको थियो तर आज अल्लोपल्लो घरका दाजुहरु आएर चहलपहल बढदै गर्दा पर्व ले घुम्टो हाल्नै लाग्दा पनि हजुर को अनुपस्थित भएपछि मन लाई निराश हुँदै मेसेन्जर मार्फत पत्राचार गरेकी हु दाजु ।
बुनु दिनभरको काम लाई बिट मारी कोठामा आए मोबाइल खोले शुरुमै मेरी बुनु को मेसेज रहेछ लगभग दिनहु जस्तै हुने मेरो बुनुको मेसेज आज अल्लि लामै थियो हात खुट्टा धोएर एक छिन बेडमा पल्टिए अनि तिम्रो मेसेज हेरे बुनु मन थाम्न सकिन ति सुकोमल हात द्वारा लिखित अनमोल शब्दहरू को त्यो फेरिस्तको जवाफ दिन सक्ने म सङ कुनै शब्द नै छैन तथापि फेरि पनि केही न केही त भन्नैपर्छ होइन र बुनु ?
बुनु अघिल्लो बर्स मैले बाचा गरेकै हो यस बर्स तिहारमा उपस्तिथि को लागि तर बुनु सबै समय सोचे जस्तो कहाँ हुदो रहेछ र ? बुनु आमाले बडो जतन गरी राख्नुभएको जमरा लाई न्याय दिन नसक्दा एकातिर मन भतभती पोलेको छ्दैथियो अर्को तिर मेरो दाजुको लागि मेरी बहिनिले सजाएर राखेकी मखमली र सयपत्री र गोदावरी फुल लाई न्याय दिन नसक्दा मन दुखेर आउँछ बुनु यो शरीर फतक्क गलेको छ आज फेरि बाध्यता नाम को शब्दले न्याय पायो बुनु ।
प्यारी बुनु देशमा बढदै गएको मुल्यबृद्दि अनि रोजगारी को अभाव मा आज पनि झन्डै ४० लाख नेपाली हरु बिदेशमा नै पर्बहरु सम्झिएर बस्न बिबस भएका छ्न मेरी बुनु तिम्रो दाजु मात्रै होइन नि ती सबै दाजुबहिनिको निधार खाली नै रहनेछ मेरी बुनु तिमि कति बुझ्ने छौ बुनु जुन दिन ती सबै नेपाली हरुको निधारमा सप्तरङी टीका र मखमली फुल को माला पर्छ नि त्यो दिन मेरी बहिनिलाइ शिकायतको कुनै मौका नै दिने छैन बुनु ।
बुनु तिम्रो प्रतीक्षा को घडी लाई यस बर्स सम्बोधन गर्न नसकेको मा म आफै दुखित छु बुनु तिमी कहिल्यै दुखित नहुनु ल तिम्रो साहस नै मेरो शक्तिको मेरो आधार हो बुनु अर्को बर्ष कमेरो बोकेर घर लिप्न अनि देउसी भैली खेल्न र मेरी बुनुलाइ लिङ्गेपिङ रोटेपिङ खेलाउन अबस्य आउने छु अबस्य पनि मेरी बुनुको हातले तेलको धारा ले छेकेर कहिल्यै नओइलाउने गोदावरी फुलको माला लगाउन अबस्य आउने छु यसपालि लाई माफ गरिदेउ मेरी बुनु आखिर मेरी बुनु नबुझ्ने पनि कहाँ छिन र यो त लाखौं लाख परदेशिएका दाजुभाइ दिदिबहिनीको साझा समस्या हो नि है बुनु ल त बुनु उहीँ तिमिलाइ अपार माया गर्ने दाजु अबिरल ।