शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

धर्म प्रतिको आस्था र विश्वासको समिक्षा

कुरा विज्ञानबाट सुरु गर्नु पर्ने हुन्छ, प्रकृतिको रहेका सम्पुर्ण जैविक तथा अजैविक वस्तुहरुमा अन्तरनिहित संरचनाको सम्बन्धमा रहेका नियमहरुको पहिचान र व्याख्याको प्रयास नै विज्ञान हो ।  The Big Bang theory का अनुसार ब्रह्माण्ड १३ विलियन वर्ष अघी एउटा अकल्पनीय तातो र घने बिन्दूको ( Hot and Dense Point, Singularity) बाट अस्तित्वमा आएको कुरालाई विज्ञानको आधिकारीक धारणको रुपमा लिन सकिन्छ । तर संसारमा अस्तित्वमा रहेका विभिन्न धर्महरुलाई लिने हो भने कुनै धर्मको ब्रह्माण्डको उत्पत्ती सम्बन्ध विश्वास गर्न लायक यक्ती संगत सिद्धान्तहरू भेटिदैन तर पनि धर्ममा उल्लेख गरिएका कुराहरू अहिलेको विज्ञानको व्याख्या संग मिल्ने भनि प्रचार गरेको भने भेटाउन सकिन्छ । बास्तवमा यो ब्रह्माण्डको उत्पत्तीका सम्बन्धमा विश्वास गर्न लायक ठोस सिद्धान्तको विकास भने भएको नमान्न पनि सकिन्छ र यो अध्ययनको विषय हो ।

विज्ञान समेत अन्यौलमा रहेको प्रकाश सम्बन्धी (Albert Einstein  को Photoelectic effect) ले समेत प्रकाश आफैंमा ऊर्जाको अलग एकाइहरूबाट बनेको हुन्छ, यो उर्जा Packet of Energy को रुपमा हुन्छ जुन (Massless)  पिण्डरहित पिण्डको रुपमा हुन्छ । प्रकाशलाई समेत टुक्र्याउदा कति सम्म सानो भेटिन सक्छ भन्ने बिषय समेतको अन्तिम खोजको अवस्थामा मानव सभ्यता रहेको छ । आज हामी तथ्यमा आधारित विश्वासको विकासमा लाग्ने समय छ । संसारमा करिव १०,००० धर्म अस्तित्वमा रहेका छन र यसमा कुल धर्ममा विश्वास गर्ने ८४% मानिसले हिन्दु, ईस्लाम, ईसाई, वौध्द धर्म मान्दछन । Cambridge University ले गरेको अनुसन्धान अनुसार चीन – ९१% ,जापान – ८७%, स्वीडेन – ७८%, चेक गणतन्त्र – ७६% युनाइटेड किंगडम – ७३% जनताले कुनै धर्ममा विश्वास गर्दैनन् । विश्वको ७% जनसङ्ख्याले कुनै प्रकारको धर्म, विश्वास गर्दैनन् । धर्ममा विश्वासको कुरा मानिसको आफ्नो व्यक्तिगत धरणाको विषय हो । वास्तवमा ब्रह्माण्डको उत्पत्ती र अन्त्य, मानव जीवनको उत्पत्ती र अन्त्य, प्रकृतीको सृजना र यसका अवयवको ठोस व्यख्या गर्न नसक्ने धर्म प्रतिको विश्वास कम हुदै जानु पनि कुनै आश्चर्यको विषय होईन ।

स्टेफेन हकिङले  लोरी जोनस्टन वाशिंगटन पोस्टका लागि दिएको अन्तरवार्तामा “मलाई विश्वास छ कि यहाँ कुनै ईश्वर छैन भन्ने, र यो नै सरल व्याख्या हो,” भनि अन्तरवार्ता दिनु र उनले यसै सन्दर्भमा  “कसैले ब्रह्माण्ड सृष्टि गरेको छैन, र कसैले हाम्रो भाग्य निर्देशित गर्दैन । यसले मलाई गहिरो अनुभूतिमा पुर्‍याउँछ कि सायद स्वर्ग छैन र पछिको जीवन पनि छैन ।” भन्नुले वर्तमान समयमा धर्म प्रतिको गम्भिर समिक्षा गर्ने मानिसले हकिङको  विचारमा सन्ध्येय गर्नेवाला छैनन् । विश्वमा एकतिर आफ्ना नागरिकलाई जबरजस्तीदंगाली अनलाइन खबर धर्मलाई अफिमको नाम दिनेहरुले मंगल ग्रहमा बस्ती बसाल्ने योजना गरिसकेका छन र धर्मको नाममा राजनीति र युध्द समेत गर्ने आरोप लाग्नेहरू पनि सोही शिखरमा पुगेका छन यसले धर्मको विश्वास गर्ने र नगर्ने दुबैले विज्ञान र प्रविधिको क्षेत्रमा प्रगती गरेका छन । चीनमा ९१% जनताले धर्ममा विश्वास गर्दैनन् र बाकीले वैज्ञानिक धर्मको रुपमा मनिएको बुद्ध धर्म र कन्फ्युसियस धर्ममा विश्वास गर्ने गरेको पईयो । धर्मले मानिसलाई अन्धविश्वासको तहमा पुर्याउने क्रिया र धर्मको कारण मानिसको मानसिकरुपमा खुसि प्राप्त गर्ने  प्रतिक्रिया दुबैको मुल्याङकनको विषय हुन । हाल नेपालको संविधनमा रहेको धर्मनिरिपक्षेताको विषय जनताको अभिमतबाट लेखीएको विषय भएता पनि हालको खोजमुलक युगमा पुराना धर्म संस्कृतिको संरक्षण गर्ने र त्यसमा रहेको सकारात्मक विषयलाई मनन गर्ने कुरा राम्रो हो तर धर्मनिरिपिक्षतालाई नै राजनीतिक एजेन्डाको रुपमा विकास गर्न खोज्नु भनेको प्रतिगमन नै हो । धार्मिक स्वतन्त्रताको विषय उठान ठिक होला तर यो नै एजेन्डा वन्नुले हाम्रो गन्तव्यको विषयमा हामी कति अन्यौल छौ भन्ने विषयमा प्रश्न गर्न सकिन्न  र ?

हालको सन्दर्भमा विश्व मानव विकास, वातावरणको संरक्षण, विज्ञान प्रविधिको विकास, खगोलीय खोज अनुसन्धान र मानसिक स्वस्थताको खोजिमा निस्केको  बेला पुन विगतमा रहेका सभ्यताहरुको खोजिमा आधारित धर्ममा ग्रन्थमा पुर्णरुपमा विश्वास गरि अन्धविश्वासमा जानु भोलिको पुस्ताको लागि अभिशाप नै हो ।  १४ औं देखि १७ औं सताब्धिमा ईटालीबाट सुरू भएको पुनःजागरणको युगमा युरोपमा विद्यमान रहेको धर्मको नाममा चर्चले नै फैलाएको अन्धविश्वासको त्यस वेलाका विद्वानहरुले सामना नगरेको भए सायद अहिलेको मानवीय विकास नभएको पनि हुन सक्थ्यो । पेट्रार्क (AD 1304 – 1374) पुनर्जागरण कालका प्रख्यात लेखक, पुनर्जागरणका पिता ‘सिक्रेटम’ नामक पुस्तक मार्फत नै मानवतावादको औपचारिक विकास गरेको मानिन्छ । अहिले हामी पेट्रर्कको खोजिमा रहेको समय हो । २०६८ सालमा भएको जनगणनाको समयमा देखिएको धर्मको प्रतिशत २०७८ मा वृद्धि हुनु पक्कै पनि राम्रो होईन यसले हामी धर्मिक परिवर्तन तिर लागेको देखाउछ, यो लेख कुनै धर्मको विरुद्ध होईन यो स्मरणको लागि मात्र हो, की यो समय धर्म परिवर्तनको लागि होईन, वैज्ञानिक खोज अनुसन्धनाको लागि हो, यो समय प्रथाना बाट मानिसलाई पुन जिवित गर्नको लागि होईन, दिर्घ जीवन बनाउनको लागि आवश्यक खोज अनुसन्धानको लागि हो । यो समय दिगो विकास र विज्ञानको पुस्तान्तरणको लागि हो ।

अन्त्यमा, हकिङले भनेको जस्तो यो ब्रमाण्डको सृजना गर्ने काम कुनै ईश्वरीय शक्तिबाट भएको होईन, हामी कहाँ आउने सुर्यको प्रकाश समेत ८.३ सेकेन्डमा आई पुग्छ, हामीले देख्ने ताराहरु झन करोडौं बर्ष पुराना प्रकाशका विकिरणहरु हुन, यसको मतलब हामी विगतमा बाचेका छौं । धर्म पुर्णरुपमा कार्ल माक्सले भनेको जस्तो अफिम होईन तर यसको विश्वास अन्धविश्वाको तहमा भयो भने यो अफिम नै हो । वाईवल, गिता, कुरान, त्रीपिटक मा लेखिएका विषयवस्तुहरु कुनै समयमा विकास भएको विज्ञानका अभिलेखहरु नै हुन त्यसको सत्यताको विषयलाई निशेध होईन आधारको रुपमा लिएर नयाँ विज्ञानको विकास गरिनु पर्दछ, ति ग्रन्थहरुमा रहेको मानवीय संवेदना स्वस्थ राख्ने मन्त्रको सधै पालना गर्न सकिन्छ तर त्यसमा कल्पना गरिएको कथाको भावनामा बग्न भने सकिन्न । मानसिक स्वस्थ्य स्वस्थ राख्ने कामको लागि धर्मको प्रयोग गर्नु सकारात्मक हो, सबै धर्मको आधारहरू काल्पनिक नै छन त्यसैले, कुन हद सम्म यसको पालना गर्ने भन्ने कुरा हाम्रो स्यत्तताको विषय हो  ।                                          साभार नयाँ युगबोध

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation