
पाल्पा जिल्ला घर भएको भाष्कर आफ्नो पारिवारिक समस्याले मुग्लान छिर्न बाध्य भयो र उ आफ्नो घर परिवार बुवा आमा, अनि अर्को बिडम्बनाको कुरा आफ्नी छ महिनाकी गर्भवती श्रीमतीलाई छाडेर मुग्लानिन बाध्य भयो । आफ्नो घरायसी समस्याले धेरै नै गाह्रो अनि थाम्नै नसक्ने भए पछि उसले मुग्लान जाने निर्णय गर्यो । के गर्ने कता जाने भन्ने कुराको केहि जानकारी नभएको र आफ्नो परिवार चलाउन नसके पछि उसले त्यो बाटो मात्रै देख्यो ।
देश छोड्नको लागि त्यति सजिलो कहाँ थियो र ? उसले यता उता जताततै सोधपुछ गर्यो र एक जना दलाली मार्फत भिसाको लागि कुरा गर्यो र कुरा गरेको केही समय भित्र उसको भिसा पनि लाग्यो र एक महिना भित्रै जानु पर्ने कुरा दलाल मार्फत जानकारी भयो । सोचेको थियो म मुग्लान त जानु पर्छ तर मेरो बच्चाको जन्म भएपछी जान्छु, मेरो श्रीमतीलाई पनि सजिलो हुन्छ किनकी उसको पहिलो बच्चा थियो उ, तर के गर्नु बाध्यता समय भन्दा पछि आफुले चाहेको समयमा जान्छु भनेर कहाँ हुन्थ्यो र मुग्लान ?
र भाष्कर सबै कुरा आफ्नो बुवा आमाको जिम्मा लगाएर घर बाट निस्कियो । काठमाडौं पनि एक दुई पटक मात्र गएको भाष्कर एएरपोर्ट त झन कहाँ देख्नु र ? त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल एएरपोर्ट मा गएर एकछिन त अक्क न बक्क पर्यो, कहाँ बाट जाने, कता बाट भित्र जाने समेत कुराको ज्ञान नभएको उ आफ्नो बाध्यताले सात समुन्द्र पारी धकेले पछि उसले मनमनै भन्यो अब अरु कसैको पनि आस गर्नु हुँदैन, म आफै भित्र आटिलो हुनु पर्छ भन्ने कुरा मनमा लियो र ड्युटीमा उभिएको प्रहरीलाई सोध्यो, कुवेत जाने हो सर कुन लाइन देखि जानु पर्छ होला ?
प्रहरीको सल्लाह अनुसार भाष्कर भित्र छिर्यो अनि भित्र गर्नु पर्ने प्रक्रियाहरु पूरा गर्दै पर्खाइ कक्ष सम्म पुग्यो र हवाई जहाजको समय कुरेर बसेको थियो आधा घण्टामा उसको हवाई जहाज उड्ने समय भयो र हवाई जहाज भित्र गएर बस्यो । बसेको दस पन्ध्र मिनेटमा जहाजले त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल छाडेर उड्नै लाग्दा घर परिवार र आफ्नो त्यो अवस्थामा रहेकी श्रीमतीलाई सम्झिदै मन अमिलो बनाउदै गह भरी आँसु लिएर आफ्नो देश छाड्न बाध्य भयो ।
त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल छोडेको करिब साढे चार, पौने पाँच घण्टा पछि उसको गन्तव्य स्थल कुवेत मा रहेको बिमानस्थलमा अबतरण भयो । उसलाइ लिनको लागि एउटा ए फोर साइज व्हाइट पेपरमा कम्पनिको नाम लेखेको कागज समाएर उभिएको मान्छे देख्यो र मेनपावर ले भने अनुसार भाष्कर त्यो व्यक्ति भएको ठाउँमा पुग्यो र त्यो कम्पनी देखि आएको मान्छेले भन्यो, आप भाष्कर हे, उसले भन्यो जि मे भाष्कर हुँ । त्यस पछि गाडिमा बसेको लगभग चालीस मिनेट पछि कम्पनी को क्याम्प मा रातिको साढे तीन बजे पुग्यो ।
त्यस पछि उसलाइ बिछ्याउनको लागि एक थान तन्ना, एक थान तकिया र ओड्नको लागि एउटा ब्ल्यान्केट क्याम्पको व्यवस्थापन गर्ने व्यक्तिले उस्लाइ दियो र रुम नम्बर पाँच मा भित्र गएर दुई तल्ले फलामको खाटको माथील्लो तल्लामा सुत्नको लागि भन्यो र उ आफू आफ्नो कोठा तर्फ प्रस्थान गर्यो । नयाँ ठाँउ, कहिल्यै नदेखेको फलामे दुई तल्ले खाट एक छिन त उ के गर्ने गर्ने भन्ने भयो । खाटको तल्लो तल्लामा एक जना मान्छे मस्त निद्रामा स्वाँ…स्वाँ… गर्दै निदाएको थियो । अनि खाटको छेउमा रहेको रेलिङको सानो भर्याङको सहायताले उ बिस्तारै माथी गयो र तन्ना पनि नलगाइकिन पल्टियो ।
बत्ती बन्द थियो, दिन भरको थकानलाई मेटाउने आसमा उ निदाउने प्रयास गर्दै थियो तर के गर्नु मनले कहाँ मान्थ्यो र त्यति सजिलै निदाउन ? उसले निदाउनको लागि प्रयास नगरेको होईन मन न हो, आँखा त बन्द गर्थ्यो तर दिमाग र मनलाइ सान्त गराउन भने फिटिक्कै सकेन । जब जब आँखा बन्द गर्छ तब झलझली घर परिवार, आफ्नो त्यो अवस्थामा रहेकी श्रीमती, साथिभाइहरु सङ्ग गरेको रमाइलो, गाउँ घर, पाखा पखेरा आफू तल माथी गरेको बाटो, रुख बिरुवा भन्दा दिमागमा के हि देखिदैन थियो । आफ्नो मनलाइ काबु गर्ने बहानामा करिब एक घण्टाको भिडन्त पछि सफल भयो र भाष्कर निदायो ।
चार घण्टाको निद्रा पछि भाष्कर ब्युझियो र झसङ्ग भयो किनकी उ कहाँ छु भन्ने बिर्सिएको थियो । त्यत्तिकैमा क्याम्पको व्यवस्थापक आएर उसलाइ भन्यो १० बजे अफिस जानु पर्छ तयारी हुनु भनेर उ गयो र भाष्कर उठेर फ्रेस भयो, कम्पनी कै बस चढेर ड्युटी जाने मान्छे सङ्गै आफुले जहाँ काम गर्ने अफिस पनि त्यही भाको हुनाले त्यहाँ पुग्यो । पुग्नासाथ सेक्युरिटीले सोध्यो तिमी नयाँ हो ? भाष्करले भन्यो हो म नयाँ हो, मलाइ अफिसमा बोलाइएको थियो जानू छ कसरी, कहाँ बाट जानेहोला भनेपछी सेक्युरिटीले अफिसमा पुर्याइदियो । अफिसमा केहि समय बसेर त्यहाँ गर्नु पर्ने कामको बारेमा भाष्करलाई सिकाइयो र भोलि देखि काममा आउनु भनी युनिफर्म अनि के हि रकम दिएर उसलाइ रूम जान आग्रह गरियो ।
उस्को भिसा भने मार्केटको काममा लागेको थियो, अफिस बाट फर्किएपछी मार्केटमा आयो, मार्केटमा नेपाली दाजुभाइ पनि भएको भाष्करले देख्यो र कुरा गर्यो के हि समयको गन्थन मन्थन पछि साथिले भने अनुसार आफुलाइ चाहिने सामनहरु त्यही साथीको सहायता मार्फत लियो । अनि उ फेरि सेक्युरिटी भएको ठाँउमा गयो र भन्यो म रुममा जान चाहान्छु, केही समयको पर्खाइ पछि अरु स्टाफ सङ्गै उ पनि रुम गयो । रुम गएपछी उसले आफ्नो मोबाइलमा ईन्टरनेट कनेक्ट गर्यो र घरमा कति बेला छोराको फोन आउला कति बेला बुडाको फोन आउला भनेर मोबाइलको डाटा समेत बन्द नगरि फोनको प्रतीक्षामा बसेका सबै जनाको प्रतीक्षाको घडी समाप्त भयो ।
भाष्करले फोन गर्दै भन्यो, बुवा म राती आएको थिए मोबाइलमा ईन्टरनेट पनि जोड्ने समय मिलेन बिहानै उठेर अफिस जानू पर्यो अनि अफिस बाट आय पछि ईन्टरनेट जोडेर फोन गरेको । घरमा सबै जना सन्चै हुँनुहुन्छ अनि बुहारीलाई त ठिक छ होला है, हामी सबै ठिक छौ अनि बुहारीलाई पनि निका आरामै छ । अनि छोरा काममा कहिले देखि लाग्ने भनेको छ, भाष्करले भन्यो भोलि देखि नै जाने हो बुवा । आमालाइ दिनु त बुवा फोन एकछिन, आमा बोल्नु भयो, है भाष्कर, खाना खाइस छोरा अनि कत्तिको गारो भयो त्यहाँ पुग्दा सम्म, भाष्करले भन्यो, आमा म खाना खाए, आउँदा गार्हो भएन सजिलैसँग आए । हुन्छ आमा अब के हि पिर नगर्नुहोला समय मिलाएर फोन गरिरहन्छु है । खोइ एकछिन बुहारीलाई दिनु त आमा फोन, उता बाट स्वाख…स्वाख…. रोएको रुन्चे आवाज आयो सन्चै राम्रै पुग्नु भयो ? भाष्करले पनि मन सम्हाल्नै सकेन गहभरी आँसु लिदै भन्यो म सन्चै राम्रै आए, मुटु गाठो पारेर किन पिर गरेको त लाटि एस्तो बेलामा पिर गर्नु हुँदैन भन्यो तर त्यो अबस्थामा छोडेर आएको कति गारो अनि पीडा भाको होला भन्ने बुज्न त बुज्थ्यो तर पनि सहानुभुती को लागि भन्यो पिर नगर है, हुन्छ म फेरि फोन गर्छु आफ्नो ख्याल गर्नु है भनेर फोन राख्यो ।
श्रीमती को रुन्चे स्वरमा त्यो मन छुने आवाजले उसलाइ भतभती पोल्यो त्यो दिन भाष्करको मनमा घाम भने लागेन । कसै सङग बोल्न पनि उसलाइ मन लागेन तर पनि के गर्नु मुग्लानमा को नै हुन्छ र साथ दिने अनि मन दरो बनायो र त्यहाँ भएका नेपाली दाजुभाइहरु सङ्ग चिनजान अनि के गर्नु पर्छ कसरी काम गर्नु पर्छ इयावत कुराहरु सोधपुछ गर्न थाल्यो । सोधपुछ पछि धेरै कुरा बुझ्यो र के हि मनमा फरक भएको आभास पायो । एत्तिकैमा खाना खाने समय भयो र खाना खाएर उ सुत्न गयो तर हिजो जस्तो त्यति धेरै मन सम्हाल्नै नसक्ने चाहिँ भएन तर पनि छिटै सुत्ने कोसिस गर्यो र निदायो ।
बिहानै उठेर नुहायो फ्रेस भयो, युनिफर्म लगाएर ड्युटी जानको लागि रेडि भयो र अरु स्टाफहरु सङ्गै भाष्कर पनि कम्पनिको बसमा चढेर काम गर्ने ठाँउ मा पुग्यो । काम गर्नको लागि सुपरभाइजर को अन्डरमा बसेर अर्थात सुपरभाइजरले भने अनुसार काम गर्नु पर्थ्यो । पहिलो दिन उसलाइ असहजिलो महसुस भयो अनि एसोतेसो जनतन त्यो दिन बितायो । एक दिन काम गर्यो दुई दिन काम गर्यो अनि काम गर्दै जादा उसलाइ आफ्नो काम राम्रो सङ्ग थाहा भएपछी त्यति धेरै गाह्रो हुन छोड्यो । आएको १५ दिन १ महिना भयो उसले साथिभाइहरु पनि बनायो र घरमा पनि पहिला पहिला त धेरै गाह्रो भयो आजभोलि तेस्तो गाह्रो लाग्दैन काम भन्ने कुरा गरिरहन्थ्यो ।
भाष्कर आएको पनि तीन महिना भयो अनि घर देखि फोन आयो, छोरा भाष्कर ल बधाई छ तलाइ अनि हामी सबैलाइ तेरो छोरा जन्मियो, भाष्कर एक छिन त खुसिले अक्क न वक्क पर्यो र भन्यो हो र बुवा ? हो छोरा, बुहारिलाइ अलि अलि गाह्रो भएपछी अस्पताल लिएका थियौ जे होस राम्रो भयो । अब त लाग्छ छोरा हाम्रा पनि सुखका दिन आउछन कि ? एताको के हि पिर गर्नु पर्दैन म छु तेरि आमा छे त्यसैले यताको के हि पिर नगर्नु है भाष्कर । भाष्करले भन्यो, हुन्छ बुवा हजुरहरु हुनुहुन्छ, बुहारिलाइ राम्रो सङ्ग हेरचाह गर्नुहुन्छ भनेर त म एती टाढा आएको छु नि होइन र बुवा ? हुन्छ छोरा अब डक्टरले के भन्नुहुन्छ त्यही अनुसार हाम्ले बुहारिलाइ घर लैजान्छौ ।
एत्तिकैमा दुई बर्ष बित्यो भाष्करको घर जाने दिन पनि आयो । दुई बर्षमा दुई महिनाको छुट्टी लिएर उ घर गयो । भाष्कर धेरै खुसी थियो अनि बुवा आमा झनै खुसी हुनुहुन्थ्यो र श्रीमती त झन खुसिको सिमानै थियन । घर पुग्नासाथ सबै जना खुसी हुनुभयो र भाष्कर आफ्नो बच्चालाइ पहिलो पटक प्रत्येक्ष देख्न पाउँदा खुसिले गदगद भयो । एस्तै खुसी हुँदा हुँदै बच्चाले बाबु चिन्ने बेला आउँदै थियो, के गर्ने बिडम्बना फेरि आफ्नै कर्म थलो फर्किने दिन आयो र उ फेरि पनि पहिलेको जस्तै दु:खि हुँदै फेरि दुई बर्ष पछि भेट हुने बाचा गर्दै आफ्नै कर्म थलो तिर लाग्यो ।
भाष्कर कुवेत गएको दुई बर्ष भएको थियो । दुई बर्षमा नेपाल गएर छुट्टी बिताएर आएको थियो फेरि आफ्नै कर्म थलो मा । दिन हरु पहिलेको जस्तै बितिरहेको थियो । पाँच छ महिना बित्यो, एक दिनको कुरा हो, भाष्करले सामाजिक सन्जाल टिकटक हेरि रहेको थियो र हेर्ने क्रममा एक जना लेडिजलाई लाइभमा देख्यो उनको नाम थियो “सुस्मिता” अनि उस्को लाइभमा गए पछि कमेन्ट मार्फत के छ हजुर, सन्चै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, खाना खानु भयो ? अनि कहाँ देखि होला हजुर लगाएतका कुरा हुन लाग्यो । उता बाट लाइभ मार्फत बोल्दै भाष्करको प्रश्नको उत्तर आइरहेको थियो । सुस्मिता ले आफ्नो घर बुटवल बताउदै हाल कामको सिलसिलामा साउदी अरेबिया रहेको बताइन । त्यो दिन त्यत्तिकै बित्यो ।
अर्को दिन भाष्कर आफ्नो काम सक्काएर रुममा आएको थियो । खाना खाएर बेडमा गयो अनि मोबाइल हातमा लियो र फेरि पनि के हि समय घरमा बोलिसके पछि पुन: सामाजिक सन्जाल तर्फै लाग्यो र फेसबुक हेरि रहेको थियो । फेसबुकको अपडेट हेरिसके पछि टिकटक तिर लाग्यो, टिकटक हेर्दै जादा फेरि पनि सुस्मिता लाइभमा भएको देख्यो उसले हिजो गरेको सम्बाद बिर्सिसकेको थियो र सुस्मिताको लाइभमा गयो । हजुर नमस्ते बाट सुरु भयो सम्बाद, भाष्करले फेरि सोध्यो हजुर बुटवल देखि होनि ? सुस्मिताले भनिन हो म बुटवल देखि अनि हजुर कहाँ देखी ? आज उनले सोधीन, अनि भाष्करले पनि हतार हतारमा भन्यो मेरो घर पाल्पा हो र म पनि कामको सिलसिलामा कुवेतमा छु । फेरि भाष्करले सोध्यो कति भयो नि हजुर मुग्लान आएको, उनले भनिन भर्खरै हो ९/१० महिना भयो अनि हजुर कति भयो नि कुवेत आउनु भाको, उसले भन्यो म त धेरै भयो नि, दुई बर्षमा छुट्टी गएर आएको नि पाँच छ महिना भयो, उनले भनिन धेरै भएछ है हजुर मुग्लान पसेको……….. क्रमश